काठमाडौँ । मन्त्रिपरिषद बैठकले एकनारायण अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई भदौ १५ गतेदेखि लागू हुने गरी मुख्यसचिव बनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।
अर्याल हाल गृहसचिव छन्।
तत्कालीन मुख्यसचिव लीलादेवी गड्तौला उमेरहदका कारण भदौ १४ गते अवकाशमा जाँदैछिन्।
Facebook Comments Box
