Author: खबरमञ्च
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नेपाललाई पहिलोपटक पारा ओलम्पिकमा पदक दिलाउने पलेसालाई ६५ लाख रुपैयाँ पुरस्कासहित सम्मान गरिने बताएका छन् । पुरस्कार राशिमा लाग्ने करसमेत छुट गरिने उनले बताए । ‘पलेसालाई ६५ लाख पुरस्कारसहित सम्मान गरिनेछ । पारा ओलम्पिकमा पलेसाले नेपाललाई खुसी दिनुभयो । नेपाललाई पहिलोपटक ओलम्पिक पदक दिलाउने खेलाडीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले उहाँलाई दिन लागेको ६५ लाख पुरस्कारमा लाग्ने कर छुट गरिनेछ ।’
अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ। दुई विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाएका हुन्। आक्रमणमा ९ जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन्। गोेली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएका छन्। ती बालकलाई मुद्दा चलाउने तयारी गरिएको छ। उनले गोली हान्नुको कारण खुलेको छैन।
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नैतिकतामाथि प्रश्न उठेर प्रमाणित भएका र आर्थिक अपचलन गरेकाहरूलाई पार्टीमा कुनै ठाउँ नहुने चेतावनी दिएका छन् । पोलिटब्युरो सदस्यहरूले नै पार्टीका नेताहरूको आचरणका कारण समस्या आएको रिपोटिङ गरेपछि बुधबार बैठक समापनका क्रममा ओलीकाे यो चेतावनी आएकाे हो । पाेलिटब्युरो बैठकमा पटक-पटक आचरणका कुरा पार्टीभित्र मात्र होइन आम रुपमा नै चर्चाको विषय बन्दा पार्टीमा समस्या आएकाले यसबारेमा ठोस निर्णय गर्नुपर्ने धारण अधिकांस सदस्यले राखेको एक पोलिटब्युरो सदस्यले जानकारी दिए । ती सदस्यले भने, ‘बैठकमा नामै त कसैको लिएनन् तर पछिल्लो समयमा नैतिकतामाथि प्रश्न उठेका कमरेडका बारेमा ठोस निर्णय हुनुपर्ने धारणा राखेका थिए ।’ एमालेमा कर्णालीका…
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले जिल्ला शिक्षा कार्यालय पूर्ण रुपमा हटाउनुपर्ने बताएका छन्। बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको संशोधनमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले नेपालको संविधानले जिल्ला शिक्षा कार्यालयलाई नमान्ने भएकाले पूर्णरुपमा हटाउनुपर्ने बताए । उनले शैक्षिक गुणस्तर परीक्षण केन्द्र नभइ प्राधिकरण बनाउनुपर्ने प्रश्ताव गरे । उनले शैक्षिक गुणस्तर परीक्षण केन्द्र स्वायत्त हुनुपर्ने भन्दै स्वायत्त भएमात्रै राम्रोसँग काम गर्नसक्ने बताए । उनले शिक्षकलाई प्रतिष्ठा बढाउने, सेवा सुविधा बढाउने कुरा खुलेर गर्नपनि आग्रह गरे । मिलान गर्नेकुराको सन्दर्भमा शिक्षकको उत्तिर्णाङ्क ५० प्रतिशत अनिवार्य राख्नुपर्ने…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गरेका छन्। बुधवार राष्ट्रपति भवन शितल निवासमा बोलाएर पौडेलले विजेता गोवद्र्धनलाई सम्मान गरेका हुन् । पलेशालाई राष्ट्रपति पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरे । सो अवसरमा राष्ट्रपति पौडेलले पलेशासँगै प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बुबाआमा र खेल संघका पदाधिकारीहरुको सहभागिता थियो । पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्दै काँस्य…
काठमाडाैं । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा ‘अनफलो’ अभियान चलिरहेकाे छ । काठमाडाैं महानगरका मेयर बालेन साहका समर्थकले ओलीविरूद्ध ‘अनफलो’ अभियान चलाएका हुन् । ‘अनफलो’ अभियान चलेकाे २४ घण्टामै ओलीकाे फेसबुक पेजमा ७५ हजार बढीले अनफलाे गरेका छन् । जुन निरन्तर बढ्दाे छ । यस्ताेमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सहानुभूतिपूर्ण टिप्पणी गरेकी छिन्। उनले एमालेका संगठित सदस्यहरूले मात्रै फलो गर्दा पनि अध्यक्ष ओलीको फलाेअर्स संख्या दोब्बर हुने बताएकी हुन्। ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ,’ उनले एक्समा लेखेकी छिन्, ‘सन्दर्भः अनफलोअर्स अभियान।’ झाँक्रीले सहानुभूति दर्शाउँदै…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेले देशलाई दुई दलीय व्यवस्थामा लैजान खोजेको आरोप लगाएका छन्। पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनका क्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष प्रचण्डले कांग्रेसर एमालेले देशलाई दुई दलीय व्यवस्था हुँदै अधिनायकवादतर्फ लैजान खोजिएको बताए। अध्यक्ष प्रचण्डले भने,’पश्चगमनतिर जान खोजेको छ। त्यसलाई रोक्नका लागि जनतालाई सुसुचित गर्नुपर्छ। प्रशिक्षित गर्नुपर्छ । पार्टी एकतावद्ध भएर अगाडी बढ्नुपर्छ भन्ने निर्णय भएको छ ।’ अध्यक्ष प्रचण्डले भूराजनीतिक स्थितिका कारण राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको र राष्ट्रियता, जनजिविकाका सवालहरु दिन प्रतिदिन पेचिलो बन्दै गएको बताए। जनताका…
काठमाडौँ । सरकारले सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन बुझेपछि मात्रै संसद्को चालु वर्षे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । यसबीचमा केही विधेयकमाथि छलफलसमेत रहेकाले वर्षे अधिवेशन असोजको पहिलो सातासम्म चल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ५ मा न्युयोर्क जानुभन्दा कम्तीमा दुई साताअघि नै संसद् अधिवेशन अन्त्य गर्ने मनस्थिति बनाएका थिए । तर, कांग्रेस र एमालेकै कतिपय नेताले राष्ट्रिय सभा र समितिबाट केही विधेयक प्रतिनिधिसभामा जाने तरखरमा रहेको र संसदीय विशेष समितिले प्रतिवेदन लेखन अघि बढाइरहेकाले तत्काल संसद् अन्त्य नगर्न सुझाएका थिए । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले समितिको…
काठमाडौँ । पेरिस पारालिम्पिकमा कास्य पदक जितेर कीर्तिमान राख्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धन काठमाडौँ आइपुगेकी छन् । उनलाई बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई अहिले बिहान धुमधामका साथ स्वागत गरी नगर परिक्रमा गराइँदै छ । उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा स्वागत गरिने परिषद्ले जनाएको छ ।
काठमाडौँ । पारा ओलम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइने भएको छ । पलेशा बुधबार बिहान काठमाडौँ आउँदै छन् । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ । परिषदका अनुसार साढे ८ बजेदेखि शुरु हुने र उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा स्वागत गरिने जानकारी दिएको छ ।