काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नेपाललाई पहिलोपटक पारा ओलम्पिकमा पदक दिलाउने पलेसालाई ६५ लाख रुपैयाँ पुरस्कासहित सम्मान गरिने बताएका छन् ।
पुरस्कार राशिमा लाग्ने करसमेत छुट गरिने उनले बताए ।
‘पलेसालाई ६५ लाख पुरस्कारसहित सम्मान गरिनेछ । पारा ओलम्पिकमा पलेसाले नेपाललाई खुसी दिनुभयो । नेपाललाई पहिलोपटक ओलम्पिक पदक दिलाउने खेलाडीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले उहाँलाई दिन लागेको ६५ लाख पुरस्कारमा लाग्ने कर छुट गरिनेछ ।’
Facebook Comments Box