Author: खबरमञ्च
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान पुनरावलोकन गर्नुपर्ने बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पनि ७ बुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अझै सशक्त रुपमा संघीयतालाई मजबुद बनाउन संविधान संशोधन हुनुपर्ने बताए। उनले लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई थप बिस्तार आफूहरुले चाहेको बताए । विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यताहरु हटाएर सुदृढ रुपमा संशोधन र पुनरावलोकन हुने बताए । उनले २०८४ सम्म संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानूनहरु बनाउने, संरचना निर्माण गर्नेकुरा टुंग्याउनुपर्ने बताए।
झापा । कानुनले नै अपराध मानेको झापा बुद्धशान्ति १ को छुवाछुतको घटनाका विषयमा प्रहरीमा उजुरी दिएका व्यक्तिलाई उजुरी फिर्ता लिन र मिल्न दबाब दिएको घटनाको झापा दलित समुदायका अगुवाहरूले विरोध जनाएका छन्। उनीहरूले छुवाछुत र भेदभावपूर्ण व्यवहारको घटनालाई मिलापत्र गरी माफी मिनाहा दिन दबाब दिएको भन्दै पत्रकार सम्मेलनमार्फत खबरदारी गरेका छन्। बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी दलित अधिकारको क्षेत्रमा कार्यरत विभिन्न ४ वटा संघसंस्थाका अगुवाहरूले खबरदारी गरेका हुन्। भदौ १२ गते बुद्धशान्ति १ होक्सेका बलबहादुर खातीलाई स्थानीय चित्रबहादुर श्रेष्ठ र पुष्पलाल घिमिरेले छुवाछुत तथा भेदभावपूर्ण व्यवहार गरेको र उनीहरूलाई कारबाहीका लागि जाहेरी दिँदासमेत प्रहरी र सामाजिक अगुवाहरुले माफी मिनाहा…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्ने भएका छन्। राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेले जनाएको छ । प्रधानमन्त्री ओली आउँदा असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ ।
झापा । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर फुड पोइजन हुँदा ५९ जना विरामी भएका छन्। अर्जुनधारा ९ स्थित खरबन्दीमा मंगलवार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको थियो। सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो। प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन्। बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म रहेका छन्। बिरामी परेका अधिकांश बिरामीको नगरको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भइरहेको छ। त्यस्तै केहीको बिर्तामोडस्थित बीएण्डसी र मनमोहन अस्पतालमा पनि उपचार भइरहेको प्रहरीले जनाएको छ। अस्पताल भर्ना केही भने डिस्चार्ज भएका प्रहरीले जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ । कांग्रेसले २०८१ असोज ३ गतेसम्म काठमाडौँ उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरूलाई यथाशीघ्र काठमाडौँ आउनसमेत ह्विप जारी गरिएको छ । उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव ल्याउने तयारीमा सत्ता पक्ष रहेकाले कांग्रेसले यस्तो निर्देशन आफ्ना सांसदहरूलाई जारी गरेको हो । कांग्रेसले पदीय आचार विपरीतको काम गरेको भन्दै उनीविरुद्ध प्रस्ताव दर्ता गर्ने तयारीकै कारण नेकपा एमालेले यसअघि आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान भनेको थियो ।
विराटनगर । आमरण अनशनमा बसेका कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन् । नेपाली काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरूको पहलमा उनले अनशन तोडेका हुन् । थापा र कोइरालासँग पूर्व मुख्यमन्त्रीका मागका विषयमा प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले छलफल गरेका थिए । दिनभरि भएको छलफलमा पूर्व मुख्यमन्त्रीले राखेकोमा मागहरू बजेटले सम्बोधन गरेको मुख्यमन्त्री कार्कीले आश्वस्त पारेका थिए । पूर्व मुख्यमन्त्रीका मागहरूका सम्बोधन हुने सम्बोधन नभए काँग्रेस सत्ता साझेदार भएकाले सम्बोधन गर्ने आश्वासन थापाले दिएका थिए । यस्तै प्रदेश सरकारका मन्त्रीहरू राम राना र लिलाबल्लव अधिकारीले समेत माग सम्बोधन…
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुख जिम्मेवारीमा केही दिन अघि झापा आइपुगेका प्रहरी निरीक्षक गणेश पौडेलले ट्राफिक व्यवस्थापनको काममा सबैको हातेमालो हुनुपर्ने बताएका छन्। ट्राफिक प्रहरीका मुख्य दुई जिम्मेवारी सवारी साधनको आवागमनलाई सहज बनाउने र सडक सुरक्षा मजबुद बनाउने भए पनि यी मुख्य दुई कामका लागि सबैको सहयोग हुनुपर्ने बताए। बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा पत्रकारहरूसंग कुरा गर्दै प्रहरी निरीक्षक पौडेलले ट्राफिक प्रहरीले ‘मल्टी कोअर्डिनेटिक एजेन्सी’हरूसँग समन्वय गरेर काम गर्नु अवस्था रहेको बताए। उनले भने, ‘हामी हाम्रो दायित्व र कर्तव्यमा लाग्नैपर्छ। त्यस्मा सबै साथ र सहयोग जरुरी हुन्छ।’ पत्रकारहरूसँगको भेटघाटका क्रममा झापामा ट्राफिक व्यवस्थापनको विषयमा पत्रकारहरूले सुझाव…
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन्। बुधवार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन्। उनले सुवाषचन्द्र नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरुलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताए। उनले प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रवार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पारे । प्रतिष्ठान बनायो छोड्यो गर्ने नभइ नेताहरुका नामका प्रतिष्ठान नेताहरुको आदर्श, नेताहरुको विचार, नेताहरुले हिँडेको बाटो, नेताहरुको व्यवहार, आचरण, नेताहरुको गतिशिल इच्छा, आकंक्षा र प्रवृत्ति…
झापा । झापाको बिर्तामोड नगरपालिकाले चालु आर्थिक बर्षको नीति, कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक गरेको छ। बुधबार नगरपालिकाको सभाहलमा पुस्तक सार्वजनिक गरिएको हो। नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला तथा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले संयुक्त रुपमा पुस्तिका सार्वजनिक गरेका हुन्। बिर्तामोड नगरपालिकाले चालु आर्थिक बर्षका लागि एक अर्ब ३९ करोड ९६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो। पुस्तिका सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा सबैको भूमिका रहने बताइन्। उनले भनिन्, ‘पुस्तकमा सबैकुरा समावेश भएपछि कार्यान्वयन गर्न सहज हुन्छ।’ सोही बजेटको विस्तृत विवरण, नीति तथा कार्यक्रमबारे विस्तारमा उक्त पुस्तकमा समेटिएको नगरपालिकाका…
झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल भदौ २९ गते झापा आउने कार्यक्रम तय भएको छ। दाहालको बिर्तामोड आउने कार्यक्रमबारे बुधबार झापाको बिर्तामोडमा नेकपा माओवादी केन्द्र झापाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। माओवादी केन्द्र झापाका इन्चार्ज झलकसिंह दर्लामी भने, ‘अध्यक्ष भदौ २९ गते आउनु हुन्छ, ३० गते बिर्तामोडमा कार्यक्रम तय भएको छ।’ कार्यकर्ता प्रशिक्षणका लागि दाहाल झापा आउन लागेको माओवादी केन्द्र झापाले जनाएको छ। सँगै विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्र प्रवेश गर्नेहरूलाई दाहालले स्वागत गर्ने कार्यक्रम पनि तय गरिएको छ जिल्लास्थित पार्टीका नेताहरूले जनाएका छन्। कार्यक्रम बिर्तामोडको सिटी सेन्टरमा रहेको हलमा हुने दर्लामीले बताए।…