झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल भदौ २९ गते झापा आउने कार्यक्रम तय भएको छ।
दाहालको बिर्तामोड आउने कार्यक्रमबारे बुधबार झापाको बिर्तामोडमा नेकपा माओवादी केन्द्र झापाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।
माओवादी केन्द्र झापाका इन्चार्ज झलकसिंह दर्लामी भने, ‘अध्यक्ष भदौ २९ गते आउनु हुन्छ, ३० गते बिर्तामोडमा कार्यक्रम तय भएको छ।’
कार्यकर्ता प्रशिक्षणका लागि दाहाल झापा आउन लागेको माओवादी केन्द्र झापाले जनाएको छ। सँगै विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्र प्रवेश गर्नेहरूलाई दाहालले स्वागत गर्ने कार्यक्रम पनि तय गरिएको छ जिल्लास्थित पार्टीका नेताहरूले जनाएका छन्।
कार्यक्रम बिर्तामोडको सिटी सेन्टरमा रहेको हलमा हुने दर्लामीले बताए। करिब ६ बर्षपछि दाहाल झापा आउन लागेका हुन्।
Facebook Comments Box
