झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुख जिम्मेवारीमा केही दिन अघि झापा आइपुगेका प्रहरी निरीक्षक गणेश पौडेलले ट्राफिक व्यवस्थापनको काममा सबैको हातेमालो हुनुपर्ने बताएका छन्।
ट्राफिक प्रहरीका मुख्य दुई जिम्मेवारी सवारी साधनको आवागमनलाई सहज बनाउने र सडक सुरक्षा मजबुद बनाउने भए पनि यी मुख्य दुई कामका लागि सबैको सहयोग हुनुपर्ने बताए।
बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा पत्रकारहरूसंग कुरा गर्दै प्रहरी निरीक्षक पौडेलले ट्राफिक प्रहरीले ‘मल्टी कोअर्डिनेटिक एजेन्सी’हरूसँग समन्वय गरेर काम गर्नु अवस्था रहेको बताए।
उनले भने, ‘हामी हाम्रो दायित्व र कर्तव्यमा लाग्नैपर्छ। त्यस्मा सबै साथ र सहयोग जरुरी हुन्छ।’
पत्रकारहरूसँगको भेटघाटका क्रममा झापामा ट्राफिक व्यवस्थापनको विषयमा पत्रकारहरूले सुझाव दिएका थिए।
Facebook Comments Box
