Author: खबरमञ्च
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना भएका छन् । आइतबार पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको साइबर ब्युरोका एक जना अधिकृतले बताए । विद्युतीय अपराध सम्बन्धी कसुरमा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । उनको कार्डियोसम्बन्धी समस्या पनि देखिएको छ ।
अर्जुन प्रधान (अमेरिका) । नेपालीभाषी भुटानीका प्रथम गायक प्रताप सुब्बाको पहिलो एल्बम ‘बन्धनको चिनो’को अनप्लग्ड भिडियो सार्वजनिक भएको छ । विशाल गुरुङको निर्देशन र केदार उप्रेतीको सहनिर्देशनमा निर्मित यो अनप्लग्ड संस्करण एबी क्रिएशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यो प्रोजेक्टमा फ्लेमिंगो ब्यान्डका संगीतकार तथा विभिन्न कलाकारहरूको योगदान छ । जसमा भायोलिन बजाउनेहरूमा मुस्कान बालम्पाकी, सेलेना गुरुङ, युमा चाम्लागाईँलगायत छन् । गीतको रेकर्डिङ मनिस चाम्लिङले गरेका हुन् भने संगीत संयोजन सञ्जीव बराइलीले गरेका छन् । यो एल्बमको अनप्लग्ड संस्करणमा गायक प्रताप सुब्बाले सर्जकका रूपमा आफ्नो अनुभव सुनाउँदै भनेका छन्, “यो संस्करणले पुराना गीतहरूलाई नयाँ पुस्तासम्म पुर्याउन र संगीतमा नयाँ प्रयोग…
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन्। आइतबार बिहान करिब तीन साढे तीनको बीचनमा ९ जना थुनुवा भेन्टिलेशन फोडेर फरार भएकोमा एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीषक रञ्जन अवाले जानकारी दिए। फरार हुनेमा लागूऔषध, अभद्र व्यवहारको मुद्दाको थुनुवा रहेको प्रवक्ता अवाले बताए। उनले भागेका थुनुवाहरुलाई पुनःपक्राउ गर्न हाइवेहरुमा सुरक्षा व्यवस्था कडा गरिएको बताए। फरार हुनेमा लागूऔषध मुद्दाका अमित कुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्करकुमार यादव, विशाल मुखियारहेका छन्। यस्तै, अभद्र व्यवहार मुद्दाका सुमित मेस्तर(नावालक), मनिष मण्डल र विकी कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
झापा । बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाई पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरुले दुईवटा भारतीय ट्रकमा आगजनी गरेका छन्। राति ११ बजेतिर बजे कनकाई–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको भारतीय मालबाहक ट्रकमा प्रसाईका समर्थकहरुले आगजनी गरेका हुन्। प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेको ट्रकमा ६ वटा मोटरसाइकलमा आएका १०/१२ जनाले ट्रकमा आगजनी गरी फरार भएका थिए। बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले राति १२ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो। ट्रकमा भएको आगजनीबाट अगाडिको भागमा क्षति पुगेको छ। प्रसाईका समर्थकहरुले बिहान २.४५ बजे बिर्तामोड ६…
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि उपद्रो गर्नसक्ने भन्दै उनका दुई जना समर्थकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन्। आइतबार साँझ ५ बजेतिर बजे बिर्तामोड–३, बिर्ताबजारस्थित निजी निवासबाट मैनालीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी प्रकाश विष्टले बताए। त्यस्तै, साँझ ५ बजे कमल –४, सितापुरीस्थित निजी निवासबाट दुरेन राईलाई इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक निशान थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।…
काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेकोमा घोर भर्त्सना गरेका छन् । बोलेकै आधारमा पक्राउ गर्नु राज्य आतंक भएको उनको भनाइ छ । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आज भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थितको निवासमै गएर प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको थियो । गत बुधबार जिल्ला अदालत, काठमाडौंले प्रहरीलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । जसअनुसार आज उनी घरबाटै प्रहरीले पक्राउ गरेको हो । यसलगत्तै सांसद डा शर्माले एक भिडियो सन्देशमार्फत भनेका छन्, ‘जनताको आवाज बोल्ने दुर्गा प्रसाईं जस्ता अभियन्तालाई राज्यले यसरी पक्राउ गर्नु चरम राज्य आतंक हो । यसको…
काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न तीन दिनको म्याद दिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार प्रसाईंलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागे पनि अदालतले तीन दिनको म्याद दिएको हो। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर अपराधको कसूर गरेको भन्दै ब्युरोमा उजुरी परेको थियो। असोज २ गते उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। प्रसाईं पक्राउ परेपछि उनका समर्थकले नाराबाजी गरेका थिए। त्यसक्रममा प्रसाईंका केही समर्थकलाई पनि पक्राउ गरिएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पुगेपछि रास्वपाका कार्यकर्ताको भिड केन्द्रीय कार्यालयमा लाग्न थालेको छ । रविविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी खटाइएको सूचना सुनेपछि पार्टी कार्यालयमा कार्यकर्ता भेला हुन थालेका हुन् । अहिले रास्वपा कार्यालयमा च:मतीमा कार्यकर्ता जम्मा हुने क्रम बढेको छ । रास्वपाले कार्यकर्ता उपस्थित हुन आग्रह गरेपछि उनीहरू पुगेका हुन् । जरुरी पक्राउ पुर्जी जारी भइसकेपछि नेपाल प्रहरीले एउटा उच्चस्तरीय टोली लामिछानेलाई पक्रन परिचालन गरिसकेको स्रोतले जनाएको छ । जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो ।…
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो । साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले जानकारी दिए । प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
एजेन्सी । इजरायली सेनाले अल जजीरा टेलिभिजन च्यानलको कार्यालयमा हतियारसहित छापा मारेको छ। इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको हो । साथै ४५ दिन कार्यालय बन्द गर्न आदेश दिएको छ । कतारको दोहामा मुख्यालय रहेको अल जजीराको रमल्लास्थित कार्यालय बन्द गर्नसमेत इजरायली सेनाले आदेश दिएको छ । टेलिभिजनका वेस्ट ब्यांक ब्युरो चिफ वालिद अल-ओमारीलाई इजरायली सेनाले आइतबार उक्त आदेश हस्तान्तरण गरेको हो। इजरायली सेनाले बन्द गर्नुको कारण भने नखुलाएको अल जजीराले जनाएको छ । आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए ।