जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन्।
आइतबार बिहान करिब तीन साढे तीनको बीचनमा ९ जना थुनुवा भेन्टिलेशन फोडेर फरार भएकोमा एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीषक रञ्जन अवाले जानकारी दिए।
फरार हुनेमा लागूऔषध, अभद्र व्यवहारको मुद्दाको थुनुवा रहेको प्रवक्ता अवाले बताए। उनले भागेका थुनुवाहरुलाई पुनःपक्राउ गर्न हाइवेहरुमा सुरक्षा व्यवस्था कडा गरिएको बताए।
फरार हुनेमा लागूऔषध मुद्दाका अमित कुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्करकुमार यादव, विशाल मुखियारहेका छन्।
यस्तै, अभद्र व्यवहार मुद्दाका सुमित मेस्तर(नावालक), मनिष मण्डल र विकी कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Facebook Comments Box
