Author: खबरमञ्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल,उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, उद्योगमन्त्री दामोदर भण्डारी, खानेपानी मन्त्री प्रदीप यादवलगायत नेपाल सरकारका मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूले विदाइ गरेका थिए।

Read More

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ। शुक्रबार निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नका लागि असोज ४ गते मिति तोकिएकोमा महासंघबाट प्राप्त पत्र अनुसार उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। निर्वाचन समितिले निर्वाचनका कार्यक्रम स्थगित भए पनि महासंघले तोकेको मिति र समयमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेकोसमेत जनाएको छ। सदस्यता विवादका कारण पटक/पटक महासंघको निर्वाचन प्रभावित हुँदै आएको छ। महासंघले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाको निर्वाचन असोज १२ गतेका लागि तोकेको थियो।

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा १४ प्रदेशको आवश्यकता भएको बताएका छन् । एक टेलिभिजनसँगको अन्तवार्तामा उनले देशमा १४ प्रदेशको आवश्यकता भएको बताएका हुन् । उनले प्रदेशलाई अधिकार नदिने अनि प्रदेश खारेजीको कुरा गर्नु बेइमानी हुने बताए । उनले माओबादी केन्द्र अझै पनि १४ प्रदेशको पक्षमा रहेको बताए । साथै उनले आफूहरुले समानुपातिक निर्वाचन प्रणालीको पक्षमा समेत रहेको बताएका छन् । समानुपातिक निर्वाचन प्रणालीभन्दा प्रत्यक्ष निर्वाचन प्रणाली बढी महंगो उनको भनाइ छ ।

Read More

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन भएका छन्। व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा लगाएर विष्ट अमेरिका गएका हुन्। लोमान्थाङ होटल व्यवसायी सङ्घका सचिव छेवाङ गुरुङ धेरै व्यवसायी निमाजस्तै पलायन हुने अवस्थामा रहेको बताउँछन्। कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्त्वका दरबार, गुम्बा, छोर्तेन, कोरलानाका उपल्लो मुस्ताङका आकर्षण हुन्। बौद्ध तथा हिन्दू धर्मावलम्बीको साझा तीर्थस्थल दामोदरकुण्ड पनि उपल्लो मुस्ताङमै अवस्थित छ। करोडौँ लगानीमा खुलेका होटल सुनसान निषेधित क्षेत्रका कारण विदेशी सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन्। उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ। प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम…

Read More

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् । एमाले-कांग्रेसको समर्थन पाएका मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो । मत विभाजन प्रक्रियामा २ जना सांसद सहभागी भएका थिएनन् । विश्वासको मत लिने प्रस्तावको मतदान प्रक्रिया मा ८३ सांसदले भाग लिएका थिए । माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरी विश्वासको मत लिएका हुन् । माओवादीले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । केन्द्रमा एमाले- कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको…

Read More

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको हो। ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ। उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको क्षेत्रमा पछाडि परेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीहरू शिक्षा क्षेत्रमा पछाडि परेको बताएका हुन्। एसईईमा रहेको कमजोर नतिजा यो वर्ष नै करिब ७० प्रतिशतमा पुर्याउनेगरी काम भइरहेको बताए। ४८ प्रतिशतमा रहेको एसईईको पासदर यो वर्ष नै बढाएर ७० प्रतिशत पुर्याउनेगरी सरकारले काम थालेको बताए।  ‘हुन त केही विद्वान मित्रहरूले भन्ने गरेका पनि छन्। तर हामी अनलाइन कक्षा चलाएर यो वर्ष नै २२ प्रतिशत नतिजा सुधार गर्छौँ । हामीले त्यस्तो भनिरहँदा विद्वान मित्रहरू विरोध गर्न थालेका छन्। हुन त उहाँहरूको कामै त्यही हो। हामी यही वर्ष नै…

Read More

झापा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि भट्टराई दोस्रो पटक अध्यक्षमा चयन भएका हुन् । यसपटक पनि अघिल्लै सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिले निरन्तरता पाउने भएको छ । पूर्व निर्धारित निर्वाचन कार्यतालिका अनुसार कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको हो ।सञ्चालक समितिको उपाध्यक्षमा किरण कपुरी, सचिव महेन्द्रबहादुर कार्की र कोषाध्यक्षमा मेयरमा बिष्ट पुनः चयन भएका छन् । सदस्यहरूमा लीला मुखिया, शशिकला मुखिया, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नबिज जोगी छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा रमेश कुमार अधिकारी…

Read More

झापा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०७९/८० मा ४६ करोड १० लाख २५ हजार ३६९ रुपैयाँ आम्दानी गरेको छ । बुधबार संस्थाले १४औं बार्षिक मूल माइन्युट प्रमाणित सभा आयोजना गरी संस्थाले गत आवको गतिविधि बारे जानकारी गराएको हो । संस्थाले ५ करोड २७ लाख ६५ हजार ७२४ रुपैयाँ खुद नाफा गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए। सिम्रिकले गत आवको आम्दानीबाट ४१ लाख १३ हजार ८१२ रुपैयाँ राजश्व तिरेको जनाएको छ । खुद आम्दानीबाट संस्थाले १ करोड ४० लाख ७५ हजार ३१९ रुपैयाँ शेयर लाभांश कोषमा छुट्याएको र ४.९५ प्रतिशतले…

Read More