काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ।
शुक्रबार निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नका लागि असोज ४ गते मिति तोकिएकोमा महासंघबाट प्राप्त पत्र अनुसार उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।
निर्वाचन समितिले निर्वाचनका कार्यक्रम स्थगित भए पनि महासंघले तोकेको मिति र समयमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेकोसमेत जनाएको छ। सदस्यता विवादका कारण पटक/पटक महासंघको निर्वाचन प्रभावित हुँदै आएको छ।
महासंघले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाको निर्वाचन असोज १२ गतेका लागि तोकेको थियो।
Facebook Comments Box
