काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन्।
अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल,उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, उद्योगमन्त्री दामोदर भण्डारी, खानेपानी मन्त्री प्रदीप यादवलगायत नेपाल सरकारका मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूले विदाइ गरेका थिए।
Facebook Comments Box
