Author: खबरमञ्च
झापा । झापाको बिर्तामोडमा जुत्ता चप्पल मेला लाग्ने भएको छ । नजिकिँदै गरेको चाडपर्वको अवसरमा ‘दशैं महोत्सव तथा जुत्ता चप्पल मेला’ आयोजना गर्न लागिएको हो । ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आगमी भदौ २५ देखि असोज २४ गतेसम्म बिर्तामोडस्थित सिटी सेन्टरमा मेला आयोजना गर्न लागिएको आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । सिटी सेन्टर बिर्तामोडको आयोजना तथा बिर्तामोड नेपाली जुत्ता घरको सह–आयोजनामा मेला आयोजना गर्न लागिएको आयोजक संस्थाका दिपेन्द्र राउतले जानकारी दिए । स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डलाई आम उपभोक्तामाझ पुर्याई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको…
झापा । पाँचथरमा घोडाबाट लडेर एकजनाको मृत्यु भएको छ । घरबाट घोडा चढेर खेत गएका कुम्मायक–१ का मोहन थापाको घोडाबाट लडेर मृत्यु भएको हो । हिजो बिहान ७ बजे खेतमा काम गर्न गएका ४५ वर्षीय थापा चढेर गएको घोडामात्रै फर्केपछि खोजी गर्ने क्रममा बाटोमा लडिरहेको अवस्थामा भेटिएका थिए । घोडा आएको घण्टौंसम्म थापा घर नफर्केपछि खोजतलास गर्दा परिवारका सदस्यले घरदेखि ६ सय मिटर टाढा बाटोमा बेहोस अवस्थामा भेटेपछि घर ल्याइ पुर्याउँदै गर्दा उनको मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार थापा उच्च रक्तचापको बिरामी थिए । केही दिन अघिदेखि नियमित औषधि सेवन…
काठमाडौँ । कोसी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेंगी संक्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेंगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजंग बस्नेत छन् । झापामा साउन १ गतेयता संक्रमितको संख्या १२८ पुगिसकेको छ ।
काठमाडौँ । अभिनेता राजेश हमालले नेपालमा राजनीतिक दलका नेताहरूले सन्तोषजनक काम गर्न नसक्दा जनतामा निराशा देखिएको बताएका छन् । काठमाडौँ कलिङ साहित्य महोत्सवको तेस्रो संस्करणको एक सत्रका क्रममा बोल्दै उनले दर्शकहरूले आफूलाई राजनीतिमा आइदिए हुन्थ्यो भन्ने अपेक्षा राख्ने गरेको पनि बताए । उनले भने, “यो हाम्रो राष्ट्रको विडम्बना हो । जो राजनीतिमा लागिरहनुभएको छ, उहाँहरूबाट खासै काम भएको छैन । उहाँहरू निराश हुनुहुन्छ । हरेक व्यक्तिले सम्भावना खोजिरहनुभएको हुन्छ । सम्भावना हरेक क्षेत्रबाट खोजिरहनुभएको हुन्छ, तर जसबाट अपेक्षा राखिएको छ उहाँहरूबाट खासै काम भएको छैन ।” उनले राजनीति मेरुदण्ड भएकाले यसले काम नगरे अरू अंगले काम नगर्ने बताए । “समाजले विभिन्न पेसामा लागेको व्यक्तिलाई त्यहाँ राम्रो गरेको देख्नुभयो भने…
छत्तीसगढ । भारतको छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ । छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले बालोदबजार जिल्लाको मोहत्रा गाउँमा चट्याङ लागेर ७ गाउँलेको मृत्यु भएको र कैयौँ घाइते भएको दुःखद जानकारी प्राप्त भएको बताएका छन् । सो घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्। जिल्ला प्रशासनले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्याएको उनले लेखेका छन् । प्रशासनलाई राम्रो उपचारको व्यवस्था गर्न निर्देशन दिइएको बताएका छन् ।
काठमाडौँ । कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो । सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ । सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सो रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।
झापा । झापाको दमकमा भएको गौ हत्यामा संलग्न चारजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन्। पक्राउ पर्नेमध्ये दमक नगरपालिका वडा नं. २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर बिष्ट रहेका छन्। उनी यसअघि पनि बिभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भइ कारबाहीमा परेका थिए। त्यस्तै बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ए३ –२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल पनि पक्राउ परेका छन्। उनी पनि यसअघि बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय…
काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए…
झापा । झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजना पक्राउ परेका छन् । हाल दमक ५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् । गाई काट्ने हतियार , जोख्ने तराजु र केही मासुसहित विष्टलाई हिजो दमक प्रहरीले पक्राउ गरेको हो । उनलाई आइतबार सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी स्रोतले जनाएको छ । दमक प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धानका लागि ८ जनालाई बोलाएको थियो । मंगलवार राति दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर लगेर हत्या गरिएको थियो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा…
झापा । झापाको अर्जुनधारा–१ साधुटारस्थित शंकराचार्यपीठमा सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग आयोजना हुने भएको छ। शंकराचार्यपीठमा आगामी माघ १ गतेदेखि ११ गतेसम्म सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग आयोजना हुने भएको हो। १५१ जना पण्डित वरण भइ आयोजना हुने महायाग सम्पन्न गर्न अनुमानित दुई करोड रुपैयाँ खर्च लाग्ने शंकराचार्यपीठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए। दाताहरुको दान र सहयोगबाट स्रोत जुटाउने लक्ष्य लिएको समितिले महायागबाट बचत भएको रकमले शंकराचार्यपीठ अन्तर्गत रहेको शंकराचार्य वेदवेदाङ्ग संस्कृत पाठशाला (गुरुकुल)को संरक्षण गर्ने उद्देश्यले सञ्चालित ११ करोड अक्षयकोष स्थापना गर्ने महाअभियानलाई सहयोग पुग्ने अध्यक्ष खतिवडाले बताए। भगवान शिवको पूजा आराधना, अभिषेकले सबै दुःख नष्ट हुने, सुख प्राप्ति…