काठमाडौँ । कोसी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् ।
यस अवधिमा डेंगी संक्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका डेंगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजंग बस्नेत छन् ।
झापामा साउन १ गतेयता संक्रमितको संख्या १२८ पुगिसकेको छ ।
Facebook Comments Box
