Author: खबरमञ्च
झापा । स्थानीय तहले बैंक खाता सञ्चालन गर्न नसक्दा विकास निर्माणलगायत काम ठप्प भएका छन् । गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट कोष तथा लेखा नियन्त्रक कार्यालयमा नबुझाउँदा आर्थिक गतिविधि प्रभावित भएका हुन् । कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले भने, “नीति कार्यक्रम र बजेट गाउँ/नगरसभाबाट पारित भएको विवरण नआएकाले स्थानीय तहमा जाने रकम फुकुवा नभएको हो । गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट र गत आवको हिसाब मिलान भएको विवरण आउने वित्तिक्कै स्थानीय तहमा जाने रकम फुकुवा हुन्छ ।” विभिन्न स्थानीय तहका कर्मचारीले बर्खाको बेला सञ्चालन हुने बोेटबिरुवा वितरण, वृक्षारोपणलगायत कार्यक्रम बैंक खाता…
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव आइतवार बन्ने केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उले काँग्रेस केन्द्रीय समितिको बैठकमा आफूले एक पटक राष्ट्रपति र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रस्ताव गरेको बताए । उनले आइतवार बस्ने केन्द्रीय समितिको बैठकले सो नीति साझा दृष्टिकोण र सहमतिबाट पास हुने बताए । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताए । उनले अहिले केही समस्या रहेको भए पनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन्। शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ति, उपदेश दिएको भन्दै मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? भनि प्रश्न गरे । उनले आफूले लुटपाट नगरेको भन्दै खुट्टा कमाउनु नपर्ने बताए । उनले दाहाल आफैँलाई बंगलादेश र श्रीलङ्काबाट सिक्न आग्रह गरे । उनले नेपालमा बेथिति चलाउन नसिकिने भन्दै बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको…
काठमाडौँ । सहकारी पीडित वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तत्काल पीडितको रकम फिर्ता दिने प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ । शनिवार सिंहदरबारमा सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले बोलाएको छलफलमा महासंघका पदाधिकारीहरुले सरकारसँग सो माग गरेका हुन् । उनीहरुले सहकारी पीडितहरुको मागलाई सहज ढंगले बुझिदिन पनि आफूहरुलाई आग्रह गरेको समितिका सभापति सूर्यबहादुर क्षेत्री थापाले जानकारी दिए । छलफलमा कान्तिपुर, गौतमश्री, लालीगुराँस, देउराली, गुडवील जस्ता सहकारीका वचतकर्ताहरु पनि उपस्थित भएको र उनीहरुबाट पीडितको माग सम्बोधन गर्नका लागि आफूहरुलाई सहज भएको अनुभुति भएको पनि विशेष समितिले जनाएको छ । महासंघमा आवद्ध सहकारी पीडितहरुले आफूलाई ठगी गरेको सहकारीमा धर्ना,…
झापा । झापाको बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ ५.१० बजे बिर्तामोड नगरपालिका वडा नम्बर–५ स्थित हिकोला अगाडिको राजमार्गमा बिर्तामोड बसपार्कबाट बिर्तामोड पश्चिम स्टेण्डतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प्र१–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा पछाडि सवार इलाम माई नगरपालिका वडा नम्बर ४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटी गंभीर घाइते भएकी थिइन् । मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३६ वर्षीय ठिरप्रसाद सुवेदीलाई केही पनि भएन । घाइते पाँचकोटीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा बाटोमा नै उनको मृत्यु भइसकेको थियो ।…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल अब १ वर्ष १० महिना १५ दिन बाँकी रहेको बताएका छन्। शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचनमा बोल्दै उनले कोही पनि व्यक्ति चाहँदैमा सबै कुरा पूरा नहुने बताए। ‘मलाई मन नपराउनेका लागि खुसीको खबर भनिदिन्छु’ ओलीले भने, ’अब प्रधानमन्त्रीका रुपमा यसपटक मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन बाँकी छ।’ उनले आफूले सात दिन अगावै राजीनामा दिएर बाहिरिने प्रतिवद्धता दोहोर्याए। नेपाली कांग्रेससँगको सहकार्यमा ओली असार ३१ गते ओली प्रधानमन्त्री भएका हुन्। दुई दलबीच दुई वर्षपछि सरकारको नेतृत्व कांग्रेसले गर्ने समझदारी छ।
काठमाडौँ । नेपाली कांग्रेसको आज बसेको शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ । आजको बैठक बिना निष्कर्ष टुंगिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन छलफलमा सहमति नजिक पुगिएको एक नेताले बताएका छन् । आइतबार ३ बजे डाकिएको केन्द्रीय समिति बैठक अगाडि नै बस्ने शीर्ष नेता बैठकमै यो विषय टुंगो लगाउने कांग्रेसको तयारी छ । महामन्त्रीद्वयले चुनावी तालमेल, महाधिवेशन तालिका, एक्जिट पोलिसीलगायत विषय उल्लेख छ । अब भोलि १ बजे बैठक बसेर टुंग्याउने भन्ने कुरा भएको बताइएको छ ।
झापा । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको ३ घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन्। महिलाले भिडियो कल गरेर आत्महत्या गरेका पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन्। अर्जुनधार नगरपालिका-६ लक्ष्मीटोलकी अन्दाजी २४ की नम्रता पाठकले आज बिहान सोही स्थानका कृष्ण ढुंगेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन्। पूजा कोठामा सलको पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। आज बिहान साढे ९ बजे ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। त्यसको केही समयपछि ढुंगेलले पनि घरमा कोही नभएक समयमा आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको पाइएको छ। पाठकले वाट्सएपमा ढुंगेललाई भिडियो कल गरेर आत्महत्या गरेकी थिइन्।…
झापा । पाँचथरको फालेलुङ गाउँपालिका ५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते दुई बालबालिकाको मृत्यु भएको छ। विस्फोटमा परी गम्भीर घाइते स्थानीयबासी दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाइ बर्षीया छोरी प्रिन्साको मृत्यु भएको हो। बिहीबार दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए । घाइते भएलगत्तै पाँचथर अस्पताल पुर्याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो। उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी…
काठमाडौं । चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि लागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम पनि सिफारिस भएको थियो । बोर्डको अध्यक्षका लागि बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले पनि आवेदन दिएकी थिइन् । यद्यपी उनले ३ जनाको सर्टलिस्टमा पर्न सकिनन् । आवेदन दिएका मध्ये सिफारिस भएका ३ जनासँगै मानन्धर, प्रकाश भट्टराई र अर्जुनकुमार डंगोलसहित ६ जनाको आवेदन स्वीकृत भएको थियो…