काठमाडौँ । नेपाली कांग्रेसको आज बसेको शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ ।
आजको बैठक बिना निष्कर्ष टुंगिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन छलफलमा सहमति नजिक पुगिएको एक नेताले बताएका छन् ।
आइतबार ३ बजे डाकिएको केन्द्रीय समिति बैठक अगाडि नै बस्ने शीर्ष नेता बैठकमै यो विषय टुंगो लगाउने कांग्रेसको तयारी छ ।
महामन्त्रीद्वयले चुनावी तालमेल, महाधिवेशन तालिका, एक्जिट पोलिसीलगायत विषय उल्लेख छ । अब भोलि १ बजे बैठक बसेर टुंग्याउने भन्ने कुरा भएको बताइएको छ ।
Facebook Comments Box
