काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन्।
शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ति, उपदेश दिएको भन्दै मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? भनि प्रश्न गरे ।
उनले आफूले लुटपाट नगरेको भन्दै खुट्टा कमाउनु नपर्ने बताए । उनले दाहाल आफैँलाई बंगलादेश र श्रीलङ्काबाट सिक्न आग्रह गरे । उनले नेपालमा बेथिति चलाउन नसिकिने भन्दै बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताए ।
उनले वर्तमान व्यवस्था आफूहरुले लडेर ल्याएको भन्दै यसको विकास र परिमार्जन गर्दै लाने बताए । उनले नेपालमा अब कुनै पनि प्रकारको हिंसा सम्भव नभएको बताए ।
