Author: खबरमञ्च

झापा । झापाको बिर्तामोड र अर्जुनधाराको सीमाना महानन्द चोकमा भएको छुरी प्रहार काण्डमा मृत्यु युवतीको पहिचान खुलेको छ। झापाको अर्जुनधारा-६ महानन्द चोकमा इलाम सूर्योदयकी मनिषा लोहारलाई छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। हत्या गर्ने कैलाली गौरीगंगा नगरपालिका ३ का अनिल बिक रहेको प्रहरीको भनाइ छ। घटनाका अभियुक्त बिकको अपस्था पनि गम्भीर रहेको छ । उनलाई उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर-३ बस्ने बर्ष-२० को अनिल बिकले शुक्रबार साँझ ६:४० बजे लोहारमाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहार गर्ने क्रममा प्रतिकार गर्दा बिक घाइते भएको प्रहरीले जनाएको छ।…

Read More

झापा । झापाको बिर्तामोड र अर्जुनधाराको सीमाना महानन्द चोकमा शुक्रबार साँझ एक अपरिचित युवतीमाथि नचिनेका युवकले छुरा प्रहार गर्दा युवतीको मृत्यु भएको छ। घटनामा गम्भीर घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको हो। एकजना अपरिचित युवकले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए। घटनाको स्थानीयले प्रतिकार गर्दा उनी भागेका थिए। उनलाई अर्जुनधारा ६ मा स्थानीयले पक्रिन सफल भएका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई बोलाएर युवकलाई जिम्मा लगाएका थिए। युवक र युवतीको नाम थाहा हुन सकेको छैन। प्रहरीले घटनाको कारण थाहा हुन नसकेको जनाएको छ। चार दिनअघि केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको थियो।झडपमा एकजना घाइते भएका थिए…

Read More

काठमाडौँ । नेपाल पत्रकार महासंघको चुनाव मिति फेरि सरेको छ। महासंघले असोज १२ गतेका लागि चुनावको नयाँ मिति तय गरेको हो। यसअघि असोज ५ गतेका लागि जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि चुनाव मिति तोकिएको थियो। यसबीचमा अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका थिए। वरिष्ठ उपाध्यक्ष रमेश विष्ट अहिले कार्यवाहक अध्यक्ष छन्। उक्त समितिले अब असोज १२ गते शनिबारका दिन चुनाव गर्ने गरी मिति तोकेको हो। महासंघले यसअघिका अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची शुक्रबार निर्वाचन समितिलाई हस्तान्तरण गरेको जनाएको छ। महासंघको तर्फबाट असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई…

Read More

झापा । कांग्रेस–एमालेबीच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् । यद्यपि अझै एक मन्त्रालय भने खाली राखिएको छ । नवनियुक्त मन्त्रीहरूमा भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आजै बिहान पद तथा गोपनीयताको शपथ खुवाएका छन् । मन्त्रीमण्डलमा काँग्रेसबाट ४ जना थप भएसँगै कोशी प्रदेशको…

Read More

काठमाडौँ । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन सम्भव नहुने बताएका छन्। शुक्रवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै पूर्वसभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताए। उनले सत्तारुढ दलहरुले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताए। उनले सरकार संवैधानिक परिषद्मा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको बताए । उनले संवैधानिक परिषद्मा गरिने निर्णयलाई सहज बनाउनका लागि सो एजेण्डा उठाइएको बताए ।  पूर्वसभामुख सापकोटाले सभामुख र उपसभामुखले संसदको गरिमा र ओझ राख्नुपर्ने बताए । उनले सभामुख र उपसभामुखले संसदको गरिमामा आँच आउने काम गर्नु…

Read More

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्। शुक्रवार काठमाडौंको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै उनले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताए । सरकारले क्यान्टर, किड्नीलगायतका प्राणघातक रोगका विरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका विरामीका पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिवद्धता थियो । उनले उपचारको अभावमा जलन रोगीहरुको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरुको उपचारका लागि सो केन्द्र स्थापना गरेको स्पष्ट पारे । मन्त्री…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोबर्द्धनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ । युवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताए । उनले विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल…

Read More

झापा । झापाको शिवसताक्षीमा गएराति एक पुरुषको हत्या भएको छ। शिवसताक्षी ८ शितल चोकमा ४२ बर्षीय रामप्रसाद सिटौलाको हत्या भएको हो। हत्या आरोपमा मृतकका दाजु नारायण सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले बताए। उनले मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको जानकारी दिए। गएराति करिव ९ बजे घरको पछाडिपट्टि उतानो परेको अवस्थामा रामप्रसादको शव फेला परेको थियो। उनको टाउकोमा चोट देखिएको छ। दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ। घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको थियो। उनलाई सुतेकै ठाउँमा दाउराले हानेको…

Read More

झापा । झापाको बिर्तामोडस्थित गिरीबन्धु टि स्टेटमा प्रेसरकुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ। कुकरमा तार जोडिएको र बिर्को अलग्गै भएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। प्रहरी घटनास्थलमा पुगिसकेको र अनुसन्धान भइरहेको उनले जानकारी दिए। शंकास्पद वस्तुसँगै पर्चासमेत भेटिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले पहिला नै कतै पड्किएको कुकर बम तर्साउनका लागि त्यहाँ ल्याएर राखेको हुनसक्ने बताए।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तिब्रताका साथ सरकारका काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन्। बिहीवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै उनले मन्त्रीहरुलाई सो निर्देशन दिए। उनले मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको बताए। उनले अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्नुपर्ने बताए । उनले सरकारका कामलाई तिब्रता दिनेगरी अघि बढ्न आग्रह गरे । उनले बिस्तारै गरौंला नि भन्ने सोचले अहिलेसम्म काम हुन नसकेको भन्दै अब त्यो सोच नराख्न आग्रह गरे । उनले काममा तिब्रतासँगै योजनावद्धता आवश्यक रहेको बताए । मन्त्रालयबीच एक अर्कालाई सहयोग…

Read More