झापा । झापाको बिर्तामोड र अर्जुनधाराको सीमाना महानन्द चोकमा शुक्रबार साँझ एक अपरिचित युवतीमाथि नचिनेका युवकले छुरा प्रहार गर्दा युवतीको मृत्यु भएको छ।
घटनामा गम्भीर घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको हो। एकजना अपरिचित युवकले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए।
घटनाको स्थानीयले प्रतिकार गर्दा उनी भागेका थिए। उनलाई अर्जुनधारा ६ मा स्थानीयले पक्रिन सफल भएका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई बोलाएर युवकलाई जिम्मा लगाएका थिए।
युवक र युवतीको नाम थाहा हुन सकेको छैन। प्रहरीले घटनाको कारण थाहा हुन नसकेको जनाएको छ।
चार दिनअघि केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको थियो।
झडपमा एकजना घाइते भएका थिए भने तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो।
Facebook Comments Box
