Author: खबरमञ्च

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सरकारको मिलेमतोमा आफ्नो समाजिक सञ्जालमा फोस्ट भएको सामाग्री उडाइएको आरोप लगाएका छन् । बालेनले एमाले प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले बाल श्रम शोषण गरेको विषय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए । प्रदेश सभा सदस्य शर्माले ती नाबालिकालाई ८ वर्षदेखि श्रम शोषण र यातना दिएको बालेनको दाबी थियो । उक्त पोस्ट आज बालेनको फेसबुकबाट हटेको थियो । सो पोस्टबारे बालेनले भनेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार ।’ साथै, उनले आफू गलत हो भने आफूलाई समाएर देखाउनसमेत सरकारलाई चुनौती दिएका छन् । होईन भने दोषी समाउन सरकारलाई उनले दवाब दिएका छन् ।…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले जनाएको विरोध शुभ संकेत नभएको बताएका छन्। मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले युवाहरुको विरोधलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने भन्दै सरकारले आक्रोश देखाउनु गलत भएको बताए। उनले सरकारले विरोध गर्ने युवाहरुलाई पक्रेर दमन गर्न नसक्ने बताए । उनले जनताले अहिलेको व्यवस्था र सरकारमा चित्त नबुझाएको कुरालाई मनन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।  उनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन सरकारसँग माग गरे ।

Read More

काठमाडौं । सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको बताएका छन् । उक्त निर्णय तुरुन्तै फिर्ता लिन पनि माग गरेका छन् । सरकारी अस्पतालमा २०४८ सालदेखि दरबन्दी थप नभएको र अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधा न्यून रहेको डा. तिवारीले बताए । स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको तर नेपालमा सार्वजानिक…

Read More

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूको संगठन ‘पूर्वप्रहरी संगठन प्रमुख मञ्च’ले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कारबाही गर्न माग गरेको छ । सञ्चारमन्त्री गुरुङले ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गुरुङमाथि कारबाही गर्न मञ्चले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो। मञ्चले विज्ञप्ति जारी गर्दै सञ्चारमन्त्री गुरूङलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग क्षमायाचना गर्न आग्रह गरेको छ । आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन पनि विज्ञप्ति मार्फत सचेत गराएको छ । विज्ञप्तिमा भनिएको छ,’बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा…

Read More

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रहरी महानिरीक्षकबारे सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले सञ्चारमन्त्री गुरूङलाई जिब्रोमा ब्रेक लगाउन सुझाव दिएका हुन्। सांसद खतिवडाले भने,’सञ्चार मन्त्रीले जिब्रो थुत्ने अभिव्यक्ति दिनुभयो ।मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाएर बोलियोस् । यसको जवाफ संसदमा दिइयोस् ।’ उनले आईजीपी बसन्तबहादुर कुँवरको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति सञ्चारमन्त्रीले आपत्तिजनक अभिव्यक्ति दिएको बताए । सञ्चारमन्त्री गुरूङले शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आईजीपीको जिब्रो थुत्नुपर्ने भन्दै असंवेदनशील अभिव्यक्ति दिएका थिए। त्यस्तै,सांसद खतिवडाले गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले मन्त्रीको पद पैसामा बिक्री गर्न खोजिएको अभिव्यक्ति…

Read More

काठमाडौँ । प्रतिपक्ष दल राप्रपा सांसद रोशन कार्कीले प्रदेश सरकार खारेज गर्न माग गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रदेश सरकार सेतो हात्ती भएको बताएकी हुन् ।  उनले गण्डकी प्रदेशमा मन्त्रीको पद लिलामीमा चढेको कुरा सुनाइन् । ‘वन मन्त्रालयमा तीतेपाती र वनमारा मात्र देखिन्छ ? यसले मन्त्रिपरिषद्को अपमान भयो‚’ उनले भनिन् ।

Read More

झापा । बिर्तामोडको शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नती कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नती (कालोपत्रे) सुरु गरिएको हो । अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटरसंगै वानस्टप मलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिस्चरे रोड मण्डला होटलदेखि कृष्ण हलसम्मको १ सय ३९ मिटर सडक पनि संगसंगै स्तरोन्नति (कालोपत्रे) गरिने बिर्तामोड नगरपालिकाले जनाएको छ । ६ सय ७९ मिटर कालो पत्रे हुने सडकको विभिन्न स्थानमा ६ देखि ९ मिटरसम्म चौडाई छ । कालोपत्रे निर्माणको ठेक्का उदयपुरको कौशल्या बिल्डर्सले पाएको छ । सडक स्तरोन्नतिका लागि २०८१ जेठ २१ गते…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जथाभावी नबोल्न सचेत गराएका छन्। नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवरले प्रहरी समायोजनबारे दिएको अभिव्यक्तिलाई लिएर सञ्चामन्त्री गुरुङले कुँवरको जिब्रो थुत्नुपर्ने भन्दे विदास्पद अभिव्यक्ति दिएका थिए । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चामन्त्री गुरुङले आफूलाई त्यस्तो शब्द नबोल्न प्रधानमन्त्रीले सचेत गराएको बताएका हुन् । सञ्चामन्त्री गुरुङ प्रधानमन्त्री ओलीसँग विविध विषयमा कुरा हुने क्रममा अन्त्यमा जिब्रो थुत्नुपर्ने भनी दिएको अभिव्यक्तिबारे कुरा भएको बताए । प्रधानमन्त्री शनिवार पोखरामा आयोजित पत्रकार भेटमा आईजीपी कुँवरले प्रहरी समायोजनमा असहयोग गरेको आरोप लगाएका थिए । उनले वर्तमान प्रहरी आईजीपीले प्रहरी समायोजनसम्बन्धी कानुन आए मान्दिनँ भनेको…

Read More

काठमाडौं । सरकारले केही सचिवहरुको जिम्मेवारी हेरफेर गर्न लागेको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएसँगै गृहमा सचिव पद रिक्त छ । गृह सचिव बन्न आधा दर्जन सचिवहरु शक्तिकेन्द्र धाइरहेका छन् । सचिवहरु कृष्णहरी पुष्कर, विनोद प्रकाश सिंह, हरि कुमार मैनाली, नारायण शर्मा दुवाडी, अर्जुन पोखरेल लगायत गृहसचिवका आकांक्षी छन् । उनीहरुमध्ये पुष्कर र सिंहको सम्भावना प्रबल रहेको बताइन्छ । दुवै जना कांग्रेस नेतृ आरजु देउवाका विश्वासपात्र हुन् । गृहसचिवमा हालका गृहमन्त्री रमेश लेखकभन्दा आरजु नै हाबी हुने सम्भावना छ । यसअघि आरजुले नै विनोद सिंहलाई गृहसचिव बनाएकी थिइन् । गृहका आफ्ना सबै कामहरु सचिवमार्फत नै गराउन…

Read More

बीरगञ्ज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन्। वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्टले लिनुपर्ने बताए । उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरुकै कारण भएको बताए । उनले युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए। उनले मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको दाबी गरे । 

Read More