काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सरकारको मिलेमतोमा आफ्नो समाजिक सञ्जालमा फोस्ट भएको सामाग्री उडाइएको आरोप लगाएका छन् ।
बालेनले एमाले प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले बाल श्रम शोषण गरेको विषय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।
प्रदेश सभा सदस्य शर्माले ती नाबालिकालाई ८ वर्षदेखि श्रम शोषण र यातना दिएको बालेनको दाबी थियो । उक्त पोस्ट आज बालेनको फेसबुकबाट हटेको थियो । सो पोस्टबारे बालेनले भनेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार ।’
साथै, उनले आफू गलत हो भने आफूलाई समाएर देखाउनसमेत सरकारलाई चुनौती दिएका छन् । होईन भने दोषी समाउन सरकारलाई उनले दवाब दिएका छन् । ‘म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ,’ उनले भनेका छन् ।
Facebook Comments Box