काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले जनाएको विरोध शुभ संकेत नभएको बताएका छन्।
मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले युवाहरुको विरोधलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने भन्दै सरकारले आक्रोश देखाउनु गलत भएको बताए।
उनले सरकारले विरोध गर्ने युवाहरुलाई पक्रेर दमन गर्न नसक्ने बताए । उनले जनताले अहिलेको व्यवस्था र सरकारमा चित्त नबुझाएको कुरालाई मनन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।
उनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन सरकारसँग माग गरे ।
Facebook Comments Box