Author: खबरमञ्च
इलाम । पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो । डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगन गरिएको हो । यो सडक अवरुद्ध भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ । उक्त सडकको विकल्पमा गोदक–जोगमाई खोला–तिल्केनीको सडकलाई विकास गरिने जनाइएको छ ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गरेका छन्। नेकपा माओवादी केन्द्र दोलखा –काठमाडौँ सम्पर्क– समन्वय समितिले आज यहाँ आयोजना गरेको छलफलमा उनले विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताए। उनले अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताए । आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति जनतामा नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उनले आगामी…
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पञ्चायतकाल अन्त्यदेखि अहिलेसम्मको सत्तामा बसेका दलहरू नफेरिका र तिनै दलका नेताहरूको नेतृत्वमा सत्ता चलाएकाले देशले दुर्गति भोग्नु परिरहेको बताएका छन्। शनिवार झापाको मेचीनगरस्थित काँकरभिट्टामा आयोजित राप्रपाको विद्यार्थी संगठनको झापा जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले गएको ३५ बर्ष शासन गरेको बताए। तिनै दलका नेताहरूले देश चलाएको र अहिले देशको अवस्था बिग्रिँदै गएको उनले बताए। ती दलहरू सत्ताको मात्र मिल्ने तर जनताको भविष्यका लागि कहिल्यै मिलेको नदेखिएको लिङ्देनको भनाइ थियो। उनले राप्रपाले सत्ताको बागडोर चलाउनु मौका पाए मुलुकको अवस्था फेरिने दाबी गरे। देश बनाउने राजनीतिले…
झापा । दसैं नजिकिएसँगै भारतीय सीमावर्ती बजारमा नेपालीहरूको भीड लाग्न थालेको छ। शनिवार पूर्वी सिमाना नजिक रहेको भारतीय बजार पानीटेंकीमा नेपालीहरूको भीड लागेको छ। नेपालीहरूको भीडका कारण नेपाल-भारत सीमामा पर्ने मेची पुलमा जाम लागेको छ। भारतीय बजारमा सामान सस्तोमा पाइने भएकाले नेपालीहरू किनमेलका लागि त्यतातिर जाने गरेका बजार जानेहरू बताउँछन्। सस्तो मूल्यमा सामान पाइने लोभले पानीटेंकी जाने उपभोक्ताको संख्या ठूलो छ । दशैं नजिकिएपछि सर्वसाधारणको थामिनसक्नु भिडका कारण त्यहाँका व्यपारीहरुलाई भ्याइनभ्याइ भएको छ । दसैंको मुखमा दाल, चिनी, मरमसला, कपडा सस्तोमा पाइने भन्दै नेपाली उपभोक्ता भारतीय सीमावर्ती बजार जाने गरेका छन् । पूर्वी नेपालका काँकरभिट्टा, बिर्तामोडलगायतमा बजार क्षेत्रमा रोजाइका व्यापारिक…
काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गर्दैछ। सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ। नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा छ वर्षमा दुई दशमलव चार मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो। प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले यही अक्टोबरभित्र रु एक अर्ब ६० करोड प्राप्त गर्ने मन्त्रालयले जनाएको छ। वन मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुङ्गानाका अनुसार विश्व बैङ्कसँग…
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजपरिवारसँग भेटवार्ता गरेका छन्। पूर्वराजा शाहले उनीहरूसँग भुटानको राजधानी थिम्पुमा शुक्रबार भेटवार्ता गरेका हुन्। भुटानी राजा जिग्मे खेसर नाम्ग्येल वाङचुक, रानी जेत्सुन पेमा वाङचुकलगायत भुटानी राजपरिवारका सदस्यसँग पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले भेटवार्ता गरेको हो। पूर्वराजा शाहको परिवार अहिले भुटानको भ्रमणमा रहेको छ। भुटान भ्रमणमा रहेका नेपालका पूर्वराजा शाहले त्यहाँका पूर्वराजा जिग्मे सिङ्गे वाङचुकसँग पनि भेटेका छन्। उनले भुटान नरेश जिग्मे केशर नामग्यालका बुवा अर्थात यसअघिका भुटान नरेश जिग्मे सिङ्गे वाङचुकसँग भेट गरेका हुन्। नेपालका पूर्वराजा शाह र भुटानका पूर्वराजा वाङ्चुक भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजका सहपाठी पनि हुन्। भुटान भ्रमणमा छोरी प्रेरणा र भतिजी…
काठमाडौँ । बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार १८ जना अझै बेपत्ता र १७८ जना घाइते भएका छन् । हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको मन्त्रालयले जनाएको छ। यही असोज १२ गते आएको बाढीपहिरोले काठमाडौँ उपत्यका, काभ्रेलगायत बागमतीमा ठुलो क्षति भएको छ।
झापा । हत्यापछि शव गाडेको हुनसक्ने आशंकाले झापाको बाह्रदशी– ६ मा प्रहरीले शुक्रबार पनि जमिन खनेको छ। बिहीबार घरेलु औजारले जमिन खने पनि शुक्रबार भने एक्जाभेटर प्रयोग गरेर प्रहरीले जमिन खनेको हो। स्थानीयबासी २१ वर्षीय राजेश ठाकुरको हत्यापछि शव गाडेको हुनसक्ने आशंकाले प्रहरीले शुक्रबार पनि आगनको भागमा खन्ने काम गरिरहेको छ। बिहीबार राति ८ बजेसम्म घरभित्र खनेर शव खोजिएको थियो। शुक्रबार पनि प्रहरीले गाउँपालिकाको एक्जाभेटर प्रयोग गरेर शव खोजिरहेको छ। तर यो समाचार तयार पार्दासम्मको समयसम्म शव भेटिएको छैन। प्रहरीले शव खोज्न घरभित्र एक्जाभेटर प्रयोग गर्न ठाकुरका आफन्तले आग्रह गरिरहेका छन्। प्रहरीले घर बाहिर मात्र एक्जाभेटर प्रयोग गरेको भन्दै आक्रोसित…
ताप्लेजुङ । हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान बनेको छ । हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् । बडादसैँको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन् । गत वर्ष सोही दिन एक हजार एक सय ४८ जना दर्शनार्थीले पूजार्चना गरेका थिए । बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छ भने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन् । देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादसैँ र चैतेदसैँमा धेरै भक्तजन आउने गरेका छन् । विगतमा भारतका साथै मुलुकका विभिन्न स्थानबाट वार्षिक तीन…
काठमाडौँ । अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै रु २५ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै झण्डै रु तीन अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । क्षति भएका सम्पूर्ण संरचनाको स्थायी रुपमा पुनःस्थापना गर्न रु २० देखि रु २५ अर्ब बराबर लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज संसद्को पूर्वाधार समितिको आजको बैठकमा यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको क्षतिका बारेमा जानकारी गराउँदै अस्थायी रुपमा भएपछि राजमार्ग नियमित सञ्चालनका लागि अधिकतम प्रयास गरिरहेको जानकारी दिए। गत…