झापा । दसैं नजिकिएसँगै भारतीय सीमावर्ती बजारमा नेपालीहरूको भीड लाग्न थालेको छ।
शनिवार पूर्वी सिमाना नजिक रहेको भारतीय बजार पानीटेंकीमा नेपालीहरूको भीड लागेको छ।
नेपालीहरूको भीडका कारण नेपाल-भारत सीमामा पर्ने मेची पुलमा जाम लागेको छ।
भारतीय बजारमा सामान सस्तोमा पाइने भएकाले नेपालीहरू किनमेलका लागि त्यतातिर जाने गरेका बजार जानेहरू बताउँछन्।
सस्तो मूल्यमा सामान पाइने लोभले पानीटेंकी जाने उपभोक्ताको संख्या ठूलो छ । दशैं नजिकिएपछि सर्वसाधारणको थामिनसक्नु भिडका कारण त्यहाँका व्यपारीहरुलाई भ्याइनभ्याइ भएको छ ।
दसैंको मुखमा दाल, चिनी, मरमसला, कपडा सस्तोमा पाइने भन्दै नेपाली उपभोक्ता भारतीय सीमावर्ती बजार जाने गरेका छन् ।
पूर्वी नेपालका काँकरभिट्टा, बिर्तामोडलगायतमा बजार क्षेत्रमा रोजाइका व्यापारिक मल भएपनि नेपाली उपभोक्ताको रोजाई पानीटेंकी बजार भएपछि पूर्वका नेपाली ब्यापारी भने मारमा परेका छन् ।
