Author: admin
झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा आज बिहान दुईवटा ट्रक एक-आपसमा जुद्धा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको ना छ ख ८८९५ नम्बरको ट्रकलाई पछाडि रहेको जाँदै गरेको ना ३ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिँदा ठक्कर दिने ट्रकमै सवार दुई जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकहरूको सनाखत हुन सकेको छैन ।
काठमाडौं । नाबालिकामाथि बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर भएको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुँदैछ। सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दायर गरेको थियो। उक्त निवेदनमाथि शुक्रबार सुनुवाइ हुने भएको हो। नाबालिग भनिएकी एक किशोरीलाई बलात्कार गरेको आरोप लामिछानेमाथि छ। काठमाडौं जिल्ला अदालतले उक्त मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने आदेश गरेको थियो।
काठमाडौं । विश्वासको मत पाएको एक महिना नपुग्दै गृहमन्त्रीविहीन बनेको सात दलीय गठबन्धनमा अविश्वास बढेको छ । सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रति अविश्वास बढाएका हुन् । नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले सांसद र मन्त्री पद नरहने निर्णय गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः नागरिकता प्रमाणपत्र लिएर गृह मन्त्रालयका लागि दौडधुपमा लागेका थिए । उनले गृहमन्त्रालय आफैंले पाउनुपर्ने अडान राख्दै प्रधानमन्त्री प्रचण्डलाई सरकार छाड्ने चेतावनी दिएका थिए । गैर सांसदलाई पुनः मन्त्री दिन नसकिने तर्कसहित नेकपा माओवादीले गृह मन्त्रालय…
राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ। सरकारमा रहने/बाहिरिने निर्णय गर्न डाकिएकोकेन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिलेलाई स्थगित गर्दै दुई दिनपछि फेरि बस्ने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकोले अहिलेलाई बैठक स्थगित गरिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए। उच्च राजनीतिक संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय भएको समेत प्रवक्ता ढकालले जानकारी दिए।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुलाई सरकार छाड्ने संकेत दिएका छन्। विहीवार पार्टीको बैठकअघि लामिछानेले एमाले, राप्रपासहितका दलका नेतालाई फोन गरेर अब सरकारमा बस्न नसकिने भन्दै जानकारी गराएका थिए। जवाफमा नेताहरुले हतारमा निर्णय नलिन भन्दै रास्वपाले पाएका मन्त्रालय उनैले पाउनु पर्ने कुरामा आफूहरुको पनि समर्थन रहेको र प्रधानमन्त्रीलाई पनि दबाब दिने भनेका थिए।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने बताएका छन् । पेरिसडाँडामा स्थायी कमिटी बैठकका लागि पुगेका प्रचण्डले आन्तरिक छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘केही हुँदैन फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’ आजका लागि डाकिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक समय अभाव रहेको भन्दै भोलिका लागि सारिएको छ।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश गरेको छ । क्यानको खेलाडी छनोट समितिले लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्यानले मंगलबार लामिछानेको निलम्बन फुकुवा गरेसँगै पुनः राष्ट्रिय टीममा परेका हुन् । लामिछानेको राष्ट्रिय टिममा आवश्यक परेको हुनाले उनलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । यसअघि क्यानले आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । अव सन्दिपसहित २९ जनाबाट क्यानले १४ सदस्यीय टिम घोषणा गर्नेछ । लामिछानेलाई क्यानले गत भदौ २३ गते निलम्वन गर्ने निर्णय गरेको थियो । क्यानको कार्यसम्पादन समितिको बैठकले लामिछानेलाई…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यसमिति तथा संसदीय दलको संयुक्त बैठक आह्वान गरेको छ । बिहीबार दिउँसो ३ बजेका लागि रास्वपाले बैठक बोलाएको हो । बैठकमा सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्नेबारे निर्णय हुने रास्वपाका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । रास्वपाले रवि लामिछानेको नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम भइसकेपछि उनलाई नै गृह मन्त्रालयमा फर्काइनु पर्ने माग गर्दै आएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयमा फर्काउन आनाकानी गरेसँगै रास्वपा चिढिएको छ ।
काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रमका बारेमा छलफल हुनेछ । प्रवक्ता श्रेष्ठका अनुसार आज बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टीको आसन्न केन्द्रीय कार्य समिति बैठकका विषयमा छलफल हुने छ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिहीबार दिउँसो ४ बजे बस्नेगरि सरेको छ । स्थायी कमिटी बैठक बिहीबार ११ बजे बस्ने भनिएतापनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले ५ घण्टा पछि सारिएको एक नेताले जानकारी दिए । बैठकमा प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समीक्षा, विभागहरूको हेरफेर, जिम्मेवारी, राष्ट्रपति निर्वाचन, गृहमन्त्रीलगायतका विषयमा छलफल हुनेछ ।