काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुलाई सरकार छाड्ने संकेत दिएका छन्।
विहीवार पार्टीको बैठकअघि लामिछानेले एमाले, राप्रपासहितका दलका नेतालाई फोन गरेर अब सरकारमा बस्न नसकिने भन्दै जानकारी गराएका थिए।
जवाफमा नेताहरुले हतारमा निर्णय नलिन भन्दै रास्वपाले पाएका मन्त्रालय उनैले पाउनु पर्ने कुरामा आफूहरुको पनि समर्थन रहेको र प्रधानमन्त्रीलाई पनि दबाब दिने भनेका थिए।
Facebook Comments Box