काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यसमिति तथा संसदीय दलको संयुक्त बैठक आह्वान गरेको छ ।
बिहीबार दिउँसो ३ बजेका लागि रास्वपाले बैठक बोलाएको हो ।
बैठकमा सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्नेबारे निर्णय हुने रास्वपाका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।
रास्वपाले रवि लामिछानेको नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम भइसकेपछि उनलाई नै गृह मन्त्रालयमा फर्काइनु पर्ने माग गर्दै आएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयमा फर्काउन आनाकानी गरेसँगै रास्वपा चिढिएको छ ।
Facebook Comments Box