Author: admin

इलाम ।  इलाममा पछिल्लो समयको तुलनामा सम्बन्धविच्छेदका घटना बढ्न थालेका छन् । वैदेशिक रोजगारी, अन्तर्जातीय विवाहलगायतका कारण श्रीमान र श्रीमतीबीच सम्बन्धविच्छेद बढ्दै गइरहेको हो । जिल्ला अदालत इलाममा चालु आवको ११ महिनामा एक सय ३० वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा सोही अवधिमा ६७ वटा मुद्दा फैसला भएका छन् । गत आव ०७१/७२ मा एक सय ४७ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । यस्तै आव ०६९÷७० मा सम्बन्धविच्छेदका ८५ वटा र आव ०६८/६९ मा ६३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताउनुभयो । सम्बन्धविच्छेद गर्ने अधिकांशले सम्पत्तिको दावी पनि रकममै गर्न थालेको र थोरै महिलाले मात्र अंश…

Read More

काठमाडौं ।  सुनको भाउ बढेर डेढ महिना यताकै महँगो भएको छ । सुनको भाउ बिहीबार ४ सय रुपैयाँले बढेर तोलाको ५७ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको बैशाख १९ गते तोलाको ५७ हजार रुपैयाँ पुगेको सुनको भाउ ५४ हजार रुपैयाँसम्म झरेको थियो । अन्तराष्ट्रिय बजारमा सेयर बजार कमजोर भएको र तेलको भाउ बढेकाले नेपालमा पनि सुनको भाउ उकालो लागेको महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि उकालो लागेको छ । बुधबार ५ रुपैयाँले बढेको चाँदीको भाउ बिहीबार पनि तोलामा १० रुपैयाँले बढेर ८ सय ५ रुपैयाँमा किनबेच भैरहेको छ ।

Read More

नेपालगञ्ज।  आफू प्रहरी भएको भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्रेको छ । प्रहरीको नक्कली पहिचान देखाउँदै सर्वसाधरण ठगी गर्ने राजु जसगढलाई प्रहरिले पक्रेको हो । नेपालगञ्ज-१३ का जसगढले रातिको समयमा आवतजावत गर्ने सर्वसाधारणलाई एकान्त ठाउँमा रोकेर आफू घुमुवा प्रहरी भएको बताउँदै मोवाइलमा प्रहरी बोलेको आवाज निकाली धम्क्याउने, ठग्ने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी भिमकिरण बोगटीले जानकारी दिनुभयो । एकान्तमा आवतजावत गरिरहेकालाई रोकेर प्रहरीको नाममा धम्क्याउँदै चेकजाँचका नाममा  साथमा भएको नगद, मोवाइल लगायतका सामान लगेको प्रहरीले जनाएको छ । नजिकको प्रहरी बिटमा बोलाउने र महिलालाई धम्क्याई जबरजस्ती मोटरसाइकलमा घुमाउने गरेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले…

Read More

नवलपरासी ।  पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको रजहर-६ झरही खोला पुलमा बस र ट्रक ठक्कर खाँदा ३८ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ख ४९ २२ नम्बरको बस र विपरित दिशाबाट आइरहेको लु १ ख ८६ १३ नम्बरको ट्रक बुधबार राति ठक्कर खाँदा बसमा सवार ३८ जना घाइते भएका हुन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये सात जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ३१ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट…

Read More

काठमाडौं ।  सरकारमा सहभागी राष्ट्रिय जनमोर्चाले आजदेखि आन्दोलन थाल्दैछ । उपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको जनमोर्चाले संघीयता खारेजीसँगै महंगी, भ्रष्टाचार र कालोबजारी नियन्त्रणको माग गर्दै १९ गतेसम्म देशका बिभिन्न ठाउँमा कोणसभा गर्ने तयारी गरेको हो । राष्ट्रिय जनमोर्चाको प्रचार तथा प्रकाशन विभाग प्रमुख घनश्याम न्यौपानेले आन्दोलन शान्तिपूर्ण गर्ने र जुलुस ननिकाल्ने भएकाले सडक र सवारीमा कुनै असर नपर्ने बताउनुभयो । गणतन्त्रलाई संस्थागत गर्न संघीयता बाधक भएकाले खारेजीको माग गर्दै सडक, सरकार र सदनबाट आन्दोलन गर्ने जनमोर्चाले जनाएको छ ।

Read More

झापा । नेपाली युवालाई भरिया बनाएर भारतीय सुन तस्करले आफ्नो कारोबार चलाइरहेका छन्। केही समययता सुन तस्करीको अभियोगमा नेपाली युवा भारतीय भूमिमा पक्राउ परिरहेका छन्। भारतीय प्रहरीको अनुसन्धानबाट पक्राउ धैरै नेपाली ‘भरिया’ मात्रै रहेको खुलेको छ। सुन ओसारेको आरोपमा पक्राउ धैरैले आफूलाई यो काममा लगाउने समूह अर्कै रहेको बयान प्रहरीलाई दिएका छन्। उनीहरुले आफू भरिया मात्रै रहेको बयान दिए पनि कानुनी रुपमा प्रमाणित गर्न सकेका छैनन्। प्रभाण दिने छुट्दै आएका छन्। यस्तै अभियोगमा पक्राउ परेका थिए, झापा ज्यामिरगढीका ३६ वर्षीय एक युवक। नक्सलबाडी नजिकैको जबडा मोडमा मावली घर भएका उनले माध्यमिक तहको पडढाइ उतै बसेर पढेका थिए। त्यसपछि सिलिगुढीमा बसेर…

Read More

एटलान्टा ।  बजारीकरण र व्यक्तिगत स्वतन्त्रताको चरमरुपभन्दा फरक नपर्ने एउटा उदाहरणको रुपमा लण्डनको बुनयादी रेष्टुरेन्टलाई लिन सकिन्छ । लण्डनको केन्द्रमा रहेको अग्लो टावरहरुमध्येको एक दि सेयर्डबाट केहि गल्ली पार गरेपछि पुगिने यो रेष्टुरेन्ट लण्डनको पहिलो नाङ्गो रेष्टुरेन्ट बन्न पुगेको छ । यो रेष्टुरेन्टमा ग्राहकले बाँसले बारिएको सानो कोठामा बाँसकै टेबुलमा नांगै साथीसँग बसेर अग्र्यानिक खाना खान पाउँछन् । बाहिरबाट हेर्दा यो रेष्टुरेन्ट खासै भव्य देखिँदैन , झ्यालहरु बन्द गरेर भित्र अँध्यारो पारिएको छ । तर मैनवत्तीको मधुरो उज्यालोमा युवायुवती नांगै खाना खाइरहेका हुन्छन् । त्यतिमात्रै होइन रेष्टुरेन्टका कर्मचारीले पनि नांगै सेवा दिइरहेका हुन्छन् । सो रेष्टुरेन्टमा खाना खानका लागि ४६…

Read More

काठमाडौं ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार कुनै प्राविधिक समस्या नभए दिउँसो नतिजा सार्वजनिक हुनेछ । कार्यालयले दिउँसो १२ बजे बोर्ड बैठक बोलाएको छ । गएको वर्ष असार ४ गते परीक्षाफल सार्वजनिक गरिएकोमा यसवर्ष त्योभन्दा छिटो हुन लागेको हो । परीक्षामा कूल ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमित तर्फ चार लाख ५२ हजार ८८१ र एक्ज्याम्टेड तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी छन् । यसैगरी प्राबिधिक तर्फ तीन हजार २५५ जना परीक्षार्थीले परीक्षा दिएका छन् । कार्यालयले यसवर्षदेखि…

Read More