काठमाडौं । सरकारमा सहभागी राष्ट्रिय जनमोर्चाले आजदेखि आन्दोलन थाल्दैछ । उपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको जनमोर्चाले संघीयता खारेजीसँगै महंगी, भ्रष्टाचार र कालोबजारी नियन्त्रणको माग गर्दै १९ गतेसम्म देशका बिभिन्न ठाउँमा कोणसभा गर्ने तयारी गरेको हो ।
राष्ट्रिय जनमोर्चाको प्रचार तथा प्रकाशन विभाग प्रमुख घनश्याम न्यौपानेले आन्दोलन शान्तिपूर्ण गर्ने र जुलुस ननिकाल्ने भएकाले सडक र सवारीमा कुनै असर नपर्ने बताउनुभयो । गणतन्त्रलाई संस्थागत गर्न संघीयता बाधक भएकाले खारेजीको माग गर्दै सडक, सरकार र सदनबाट आन्दोलन गर्ने जनमोर्चाले जनाएको छ ।
Facebook Comments Box