नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको रजहर-६ झरही खोला पुलमा बस र ट्रक ठक्कर खाँदा ३८ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ख ४९ २२ नम्बरको बस र विपरित दिशाबाट आइरहेको लु १ ख ८६ १३ नम्बरको ट्रक बुधबार राति ठक्कर खाँदा बसमा सवार ३८ जना घाइते भएका हुन् ।
घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये सात जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ३१ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकका चालक कपिलबस्तु शिवराज नगरपालिका बस्ने २४ वर्षका राजेश चौधरी प्रहरी नियन्त्रणमा छन् । बस चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box