Author: admin
काठमाडौं । संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह बस्ने भएको छ । बालुवाटारमा स्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्नेछ । २०७४ सालको निर्वाचन र गत ३० बैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँटमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँडको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा ८ बजे बस्नेछ । आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल गर्न बैठक बोलाइएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । हिजो बसेको बैठकले बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी र बामदेव गौतमलाई माओवादीबाट चुनाव लड्न दिने निर्णय गरेकाे थियो ।
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दर्ता हुन निर्वाचन आयोगमा निवेदन दिएका दलहरूको जाँचबुझ प्रक्रिया आजदेखि सुरु हुँदैछ । चुनावका लागि दर्ता हुन निवेदन दिएका दलहरुको निवेदनमाथि आयोगले आजदेखि जाँचबुझ सुरु गर्न लागेको हो । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार आम चुनावमा भाग लिन दर्ताका लागि निवेदन दिएका सबै दलको निवेदनमाथि आजदेखि जाँचबुझ सुरु हुनेछ ।
काठमाडौं । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य समायोजन नगर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमले संस्थाको ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय भएको जनाएको हो । पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पछिल्लो तीन पटकको मूल्यसूचि घटेर आएपनि ऋण र भुक्तानीको बक्यौता धेरै भएकाले अहिलेलाई मूल्य समायोजन गर्न नसकिएको बताए । उनले यसअघि अन्तराष्ट्रिय बजारमा मूल्य बृद्धि हुँदा पूर्ण रुपमा निगमले बृद्धि नगर्दा करिव ५० अर्व घाटामा गएकोे जानकारी दिए । उनले अहिले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नु पर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी रहको बताए । सरकार र…
काठमाडौं। नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव चिन्हमा चुनाव लड्न दिने भएसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कुराकानी गर्न उनी पेरिसडाँडा गएका हुन्। भट्टराईसँगै समाजवादी पार्टीका अर्का अध्यक्ष महिन्द्र यादव तथा सहअध्यक्ष गंगा श्रेष्ठ पनि पेरिसडाँडामा छन्। बाबुरामलाई माओवादी केन्द्रको आज बिहान बसेको स्थायी कमिटी बैठकले माओवादीको चुनाव चिन्ह लिन दिने निर्णयसँगै बाबुराम गोरखा २ मा चुनाव लड्ने तयारीमा छन्।
काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता सम्बन्धी विधेयक छिटो पारित गरेर पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ । आज बसेको गठबन्धनको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि विधेयक फिर्ता आउने विषयलाई संविधानसम्मत भन्दै अब संविधानबमोजिमनै टुंगोमा पुर्याउने निर्णय गरेको कानूनमन्त्री गोविन्द वन्दीले बताए। ‘सम्मानित राष्ट्रपतिले आफ्नो संविधानमा भएको अधिकार प्रयोग गर्नुभएको हो । प्रतिनिधिसभा नियमावली अनुसार सरकारले फेरि विधेयक संसद्मा पेस गर्छ ।’ योसँगै गठबन्धनले फिर्ता आएको विधेयकलाई समितिमा नलैजाने बरु संसदमै छलफल गरेर पारित गर्ने सहमतिसमेत गरेको छ।
काठमाडौं । नेपाली कांग्रेसमा १० जना केन्द्रीय सदस्य मनोनीत गरिएको छ । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय कार्य समिति सदस्य पदमा मनोनीत गरेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
भक्तपुर । सत्तारुढ गठबन्धनमा नजोडिएका साना दलका नेताहरू आसन्न निर्वाचनमा गठबन्धनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट धाउन थालेका छन् । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली एक वर्षअघि सत्ताबाट बाहिरिएर बालुवाटारबाट बालकोट सरेलगत्तै यहाँ बाक्लै चहलपहल हुने गरेको थियो । माहोल बीचमा केही सेलाएर हाले सम्पन्न स्थानीय निर्वाचनताका पनि फेरि तातेको थियो । त्यो माहोल निकट विगतमा फेरि केही पातलिएकोमा आगामी मंसिर ४ गतेको निर्वाचन घोषणापछि फेरि चहलपहल र भेटघाट बढ्न थालेको छ । हिजोआज ओली निवास बाहिरसमेत उहाँलाई भेट्न आउनेहरूको निजी र सरकारी गाडीको लाम लाग्ने गरेको देखिन्छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित…
काठमाडौं । राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएको छ । गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएको भन्दै विधेयक फिर्ता भए पनि सत्तारुढ दलले बहुमतको बलमा यसलाई जस्ताको तस्तै राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद कोइरालासँग छलफल गरेपछि कार्य व्यवस्था परामर्श समितिको बैठकबिनै मंगलबारको कार्यसूचीमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सन्देशसहित फिर्ताबारे राष्ट्रपतिको कार्यालयको पत्र जानकारी गराउने विषय राखेका छन् । फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल गर्ने गरिन्छ । स्रोतका अनुसार मंगलबारको बैठकमा जानकारी…
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनलाई बलियोबनाएर जानुपर्ने बताएका छन् । कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । देउवाले आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको बताउँदै महत्त्वपूर्ण उपलब्धि पनि हासिल भएको बताए। “हाम्रो ध्यान मंसिर ४ मा छ हामी पहिलो पार्टी बन्छौँ,” उनले भने,“२०७४ सालमा गठबन्धनसँग हामी एक्लै लडेरपराजित भएका थियौँ । अहिले हामी गठबन्धनमा छौँ यो देशको मालिक जनता हुन् । सबै साथीहरुलाई मिलाएरलैजान्छु । कसैलाई अन्याय हुन दिन्न । तपाईँहरु ढुक्क हुनुहोस् ।”