काठमाडौं। नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव चिन्हमा चुनाव लड्न दिने भएसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कुराकानी गर्न उनी पेरिसडाँडा गएका हुन्।
भट्टराईसँगै समाजवादी पार्टीका अर्का अध्यक्ष महिन्द्र यादव तथा सहअध्यक्ष गंगा श्रेष्ठ पनि पेरिसडाँडामा छन्।
बाबुरामलाई माओवादी केन्द्रको आज बिहान बसेको स्थायी कमिटी बैठकले माओवादीको चुनाव चिन्ह लिन दिने निर्णयसँगै बाबुराम गोरखा २ मा चुनाव लड्ने तयारीमा छन्।
Facebook Comments Box