काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता सम्बन्धी विधेयक छिटो पारित गरेर पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ ।
आज बसेको गठबन्धनको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि विधेयक फिर्ता आउने विषयलाई संविधानसम्मत भन्दै अब संविधानबमोजिमनै टुंगोमा पुर्याउने निर्णय गरेको कानूनमन्त्री गोविन्द वन्दीले बताए।
‘सम्मानित राष्ट्रपतिले आफ्नो संविधानमा भएको अधिकार प्रयोग गर्नुभएको हो । प्रतिनिधिसभा नियमावली अनुसार सरकारले फेरि विधेयक संसद्मा पेस गर्छ ।’
योसँगै गठबन्धनले फिर्ता आएको विधेयकलाई समितिमा नलैजाने बरु संसदमै छलफल गरेर पारित गर्ने सहमतिसमेत गरेको छ।
Facebook Comments Box