Author: admin

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक बिहान ९:३० मा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्। आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने सङ्गठन सुदृढीकरण अभियानका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। बैठकमा साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा पनि छलफल हुने बताइएको छ।

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावको घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको बैठकले ८ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको हो । समितिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल रहेका छन् । अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रिय कमिटीका सबै सदस्यहरु र केन्द्रिय निकाय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रिय सल्लाहकार परिषद्को पदाधिकारीहरु अध्यक्ष, उपाध्यक्ष र सचिवहरु, प्रदेश किमटीका अध्यक्षहरु, जनसंगठनका राष्ट्रिय कमिटीका अध्यक्ष र महासचिवहरु, केन्द्रिय विभागका सचिवहरु…

Read More

झापा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पार्टीका झापा इन्चार्ज अग्निप्रसाद खरेलले झापा लागूपदार्थ दुर्व्यसनको अखडा बन्दै गएको बताएका छन्। पछिल्लो समय झापा जिल्ला लागूपदार्थ दुव्यसनीको मुख्य केन्द्र बन्दै गएकाले युवाबर्ग सचेत हुनुपर्ने खरेलले बताए । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा डिपिएल साइक्लिङ्ग च्यालेन्ज २०२२ को समापन कार्यक्रममा पूर्व कानुनमन्त्रीसमेत रहनुभएका खरेलले झापामा लागूपदार्थ दुर्व्यसनविरुद्ध कार्यक्रम चलाउन आवश्यक रहेको बताए । युवाहरुमा सकारात्मक सोचको विकास हुनुपर्नेमा उनको जोड थियो । सामाजिक सञ्जालमा युवाहरूको प्रतिक्रिया हेर्दा धेरैमा नकारात्मक सोच विकास भएको उनले बताए । सबैको मानसिक सकारात्मक बन्नुपर्नेमा खरेलले बताए । वातावरण सुधार र स्वास्थ्य रहनको लागि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा…

Read More

झापा । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार बिरही स्मृति बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार भीमा शिवाकोटीलाई प्रदान गरिएको छ । फोनिज झापा शाखाका पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय पुरस्कार छनौट समितिको निर्णय अनुसार यस बर्ष उक्त पुरस्कारबाट शिवाकोटीलाई पुरस्कृत गरिएको हो । शुक्रबार बिर्तामोडमा आयोजित फोनिज झापाको १० औं साधारण सभा तथा फोनिजको २३ औं स्थापना दिवसका अवसरमा उक्त पुरस्कार पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो । २०५९ सालदेखि कंचनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाको पूर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाकी अध्यक्षसमेत छिन्। उनलाई नगद २५…

Read More

झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । सो क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो । इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको…

Read More

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भुवन केसीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार रिट दायर गरेका हुन्। रिटमाथि सोमबार पेसी तोकिएको छ। केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ।

Read More

झापा । झापामा करिब २५ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आगामी मङ्सिर ४ गते सङ्घीय र प्रदेशको निर्वाचनमा छ लाख तीन हजार छ सय ५५ मतदाताले मतदान गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनपछि थपिएका नयाँ मतदाता २४ हजार नौ सय ९२ सहित सो सङ्ख्याले मतदान गर्ने कार्यालयले जनाएको हो । नयाँ थपिएका मतदातामध्ये १२ हजार नौ पुरुष र १२ हजार आठ सय २३ महिला रहेका निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेले बताए । उनले हाल निर्वाचन आयोगमा निर्वाचन प्रक्रियाका लागि दल दर्ता गर्ने कार्य सुरु भएकाले आगामी भदौ १९ गतेपछि मात्र मतदाता अद्यावधिक…

Read More

सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ। दिउँसो २ बजेदेखि बालुवाटारमा कार्यदल बैठक जारी छ। कार्यदल सदस्यसमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदल बैठक जारी रहेको र विभिन्न मोडालिटीबारे छलफल भइरहेको बताए। गत साउन २० मा सत्ता गठबन्धनले चुनावी मोर्चा गरेर जाने निर्णय गरेका थिए।

Read More

काठमाडौं । मंसिर ४ गतेको आम चुनावका लागि सिट बाँडफाँट तथा चुनावी तालमेलका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बस्दैछ । दिउँसो २ बजे बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गठबन्धका दलबीच सिट बाँडफाँटबारे छलफल हुनेछ । चुनावमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनसकेको छैन । गएको २३ गते बसेको कार्यदलको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो । कांग्रेसका नेता कृष्ण सिटौला प्रमुख रहेको कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित यो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश बाँडफाँटका बारेमा छलफल गरी शीर्ष नेतृत्वहरूलाई सुझाव पेस गर्नेछन् ।

Read More

काठमाडौं । साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ। बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ। मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार केही संख्या घटेर ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ। तर, परीक्षण दर बढाउने हो भने संक्रमितको संख्या पनि बढ्ने स्वास्थ्य विज्ञ बताउँछन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार, पछिल्लो समय संक्रमितको संख्या धेरैले बढेको छ। संक्रमितसँगै मृत्युदर पनि बढेको अधिकारी बताउँछन्। बुधबार मात्रै ३ संक्रमितले ज्यान गुमाए। संक्रमणदर वृद्धि हुँदै गएकाले आगामी साताहरू जोखिमपूर्ण हुने विज्ञहरूको तर्क छ। स्वास्थ्य…

Read More