झापा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पार्टीका झापा इन्चार्ज अग्निप्रसाद खरेलले झापा लागूपदार्थ दुर्व्यसनको अखडा बन्दै गएको बताएका छन्।
पछिल्लो समय झापा जिल्ला लागूपदार्थ दुव्यसनीको मुख्य केन्द्र बन्दै गएकाले युवाबर्ग सचेत हुनुपर्ने खरेलले बताए ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा डिपिएल साइक्लिङ्ग च्यालेन्ज २०२२ को समापन कार्यक्रममा पूर्व कानुनमन्त्रीसमेत रहनुभएका खरेलले झापामा लागूपदार्थ दुर्व्यसनविरुद्ध कार्यक्रम चलाउन आवश्यक रहेको बताए ।
युवाहरुमा सकारात्मक सोचको विकास हुनुपर्नेमा उनको जोड थियो । सामाजिक सञ्जालमा युवाहरूको प्रतिक्रिया हेर्दा धेरैमा नकारात्मक सोच विकास भएको उनले बताए । सबैको मानसिक सकारात्मक बन्नुपर्नेमा खरेलले बताए ।
वातावरण सुधार र स्वास्थ्य रहनको लागि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा डाइनामिक पब्लिक लाईबेरी बिर्तामोड र कनकाईले आयोजना गरेको साइकल र्यालीमा २० किलोमिटर यात्रा पूरा गरेका साईक्लिस्टहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
साइकल र्यालीमा जिल्ला भरिका ५० बढि साईक्लिस्टहरुको सहभागिता रहेको थियो ।