सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ। दिउँसो २ बजेदेखि बालुवाटारमा कार्यदल बैठक जारी छ।
कार्यदल सदस्यसमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदल बैठक जारी रहेको र विभिन्न मोडालिटीबारे छलफल भइरहेको बताए। गत साउन २० मा सत्ता गठबन्धनले चुनावी मोर्चा गरेर जाने निर्णय गरेका थिए।
Facebook Comments Box