काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावको घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको बैठकले ८ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको हो ।
समितिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल रहेका छन् ।
अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रिय कमिटीका सबै सदस्यहरु र केन्द्रिय निकाय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रिय सल्लाहकार परिषद्को पदाधिकारीहरु अध्यक्ष, उपाध्यक्ष र सचिवहरु, प्रदेश किमटीका अध्यक्षहरु, जनसंगठनका राष्ट्रिय कमिटीका अध्यक्ष र महासचिवहरु, केन्द्रिय विभागका सचिवहरु रहने गरेर केन्द्रिय निर्वाचन परिचालन कमिटी पनि गठन भएको छ ।