Author: admin

काठमाडौँ। जनता समाजवादी पार्टीले सभामुख निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका देवराज घिमिरेलाई मत दिने निर्णय गरेको छ। बिहीबार संसद बैठकमा बोल्दै सांसद प्रकाश अधिकारीले जसपाले घिमिरेलाई मत दिने बताए।बिहीबार सभामुखको निर्वाचन हुँदैछ। सभामुखमा एमालेले घिमिरेलाई र कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ।

Read More

उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेलाई जिताउन आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा घिमिरेका लागि मत माग्दै लिङ्देनले पदिय जिम्मेवारी निभाउनका लागि घिमिरे सुयोग्य पात्र भएको चर्चा गरे। ‘देवराज घिमिरे र हामी फरक राजनीतिबाट आएपनि म फरकबाट आएपनि उहाँलाई विगतबाट जान्दछु,’ लिङ्देनले भने, ‘लामो समयदेखि नेपाली राजनीतिमा क्रियाशिल सादा जीवन व्यतित गर्नुभएको सादा मानिस हुनुहुन्छ।’ निष्पक्षता र प्रभावकारितामा घिमिरे सुयोग्य पात्र भएको भन्दै लिङ्देनले भने, ‘सभामुखजस्तो गरिमाय पदका लागि उहाँ सुयोग्य पात्र हुनुहन्छ। निष्पक्षता र यसको प्रभावकारितामा उहाँ योग्य हुनुहुन्छ।’

Read More

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको सभामुखको लागि आज विहिबार संसदमा मतदान हुँदैछ । विहान ११ बजेपछि बस्ने बैठकमा मतदान हुनेछ । सभामुखको लागि सत्ता गठबन्धनले एमालेका देवराज घिमिरेलाई र नेपाली कांग्रेससहितका दलले कांग्रेसकी इश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएका छन् । झापाबाट निर्वाचित घिमिरेलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत सरकारमा सहभागि दलहरुको समर्थन रहेको छ ।  घिमिरेको बहुमत आउने पक्का जस्तै छ । नेपाली कांग्रेसले समानुपातिकतर्फबाट सांसद बनेकी ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएको छ । एकिकृत समाजवादी, जसपा र लोसपाका सांसदले पनि न्यौपानेलाई सघाउने सम्भावना छ । एकिकृत समाजवादी त समर्थक नै बसेको छ । कांग्रेस प्रमुख सचेतक रमेश…

Read More

नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका छन्। उनका प्रस्तावकमा एमाले सांसद सुवास नेम्वाङ छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष एवं ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन र माओवादी केन्द्रका सांसद हितराज पाण्डे छन्। बिहीबार हुने मतदानका लागि घिमिरे सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्।

Read More

काठमाडौं । प्रतिनिधि सभाका सभामुख चयनका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार संघीय संसद सचिवालयमा उहाँले सभामुखमा मनोनयन दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् । सभामुखको मतदान बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

Read More

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारीको बैठकले अन्य दलहरुसंग छलफल गरेर सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले उम्मेदवारको विषयमा आन्तरिक कुराकानी भइरहेको जानकारी दिए । उनले पार्टीभित्र र अन्य प्रतिपक्षी दलहरुसंग पनि सभामुखको उम्मेदवारका बिषयमा छलफल भइरहेको बताए । आफैं उम्मेदवारी दिने वा अन्य दललाई सहयोग गर्ने भन्ने विकल्पमा पनि छलफल भएको र मनोनयन अघि आवश्यक निर्णय लिने उनको भनाइ छ । बैठकअघि आजै कांग्रेस सभापति देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र…

Read More

काठमाडौँ । सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ । एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको यसअघिको सहमतिअनुसार घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमाले उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङले बताए ।   झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई सत्ता साझेदार दलका तर्फबाट सभामुखको उम्मेदवार बनाउन लागिएको हो । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षबीच राष्ट्रपति एमालेले ५ वर्ष पूरै कार्यकालका लागि लिने तथा प्रधानमन्त्री र सभामुख आलोपालो दुवै दलले नेतृत्व गर्ने सहमति भएको थियो ।

Read More

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ९ बजे बस्ने बैठकमा सभामुखमा उम्मेदवारीबारे औपचारिक निर्णय हुनेछ । मंगलबार बसेको सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ । कांग्रेसले पहिला आन्तरिक छलफल गर्ने र त्यसपछि अन्य विपक्षी दलहरूसँग पनि परामर्श गर्ने छ । प्रतिनिधि सभाका सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये…

Read More

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुख चयनका लागि बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । सभामुखका आकांक्षीहरुले बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका रहेको छ । दिउँसो सवा ४ बजे दर्ता उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । अहिलेसम्म कुनै पनि दलले सभामुखको उम्मेदवारको नाम चयन गर्न सकेका छैनन् । सत्ता गठबन्धन दलहरुबीच नेकपा (एमाले) ले सभामुख पाउनु पर्दछ । तर, एमालेले पनि उम्मेदवार तोक्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने नदिने विषयमा केही बताएको छैन् । एक मात्र उम्मेदवार भएको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ ।…

Read More

काठमाडौं । उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले कार्यभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार सम्हालेका हुन् । उनले पाँच वर्षे रणनीतिक योजना बनाउन पहिलो निर्णयको रुपमा कार्यदलसमेत गठन गरेका छन् । उनले भने, ‘ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको कामलाई अगाडि बढाउन विगतको कामलाई अध्ययन गरेर आगामी ५ वर्षमा गर्नुपर्ने कामहरु के के हुन् कसरी अगाडि जानसक्छौं भनेर आवश्यकता र प्राथमिकता निर्धारण गरेर पाँच वर्षे रणनीतिक योजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छौं ।’ मन्त्रालयकै सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनेको उनले जानकारी दिए । योजनाबद्ध ढंगले काम गर्नसकेमात्रै ठोस परिणाम आउने उनको भनाइ…

Read More