नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका छन्।
उनका प्रस्तावकमा एमाले सांसद सुवास नेम्वाङ छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष एवं ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन र माओवादी केन्द्रका सांसद हितराज पाण्डे छन्।
बिहीबार हुने मतदानका लागि घिमिरे सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्।
Facebook Comments Box