Author: admin

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै गर्दा प्रमुख राजनीतिक दल घोषणापत्र मस्यौदाको आन्तरिक तयारीमा जुटेका छन् । ४ मंसिरमा हुने निर्वाचनमा मतदाता आकर्षण गर्न राजनीतिक दलहरूले घोषणापत्र बनाउने गृहकार्य थालेका हुन् । उनीहरू पार्टीभित्र छलफल गर्दै घोषणापत्र मस्यौदा तयारी समिति गरी सोको आन्तरिक तयारीमा जुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सहित साना दलसमेत घोषणापत्र मस्यौदाको आन्तरिक तयारीमा छन् । यी राजनीतिक दलले विगतका निर्वाचनमा घोषणापत्रमार्फत जनताका माझमा गरेका प्रतिबद्धता पूरा नगरेका कारण आलोचना हुँदै…

Read More

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल १० दिनभित्र अर्थात भदौको दोस्रो साता प्रकाशन गर्ने भएको छ । विद्यालय तहको अन्तिम परिक्षाको रूपमा हेरिएको सो परीक्षको परीक्षाफल सकभर दोस्रो सातामा नभए १५ गतेभित्र प्रकाशित गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नेपाल समाचारपत्रलाई बताउनुभयो । बोर्डले जेठको १६ गतेदेखि परीक्षा शुरु भएको १२ को प्रश्न परीक्षण सकेर त्यसपछिको काम शुरु भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रुाद शर्माले अब हाजिरी रुजु मार्जिनल नम्बर राखेर रुजु गर्ने लगाउतका काम बाँकी रहेको जानकारी दिँदै भन्नुभयो, ‘अबको १० दिनभित्र परीक्षफल प्रकाशित गर्ने गरी तयारी थालेका छौं’ सकेसम्म दोस्रो साताको अन्तिमतिर नभए १५…

Read More

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारवाही हुन नसक्दा त्यस्ता तत्वहरुको मनोबल बढ्दै गएको बताएका छन् । आइतबार ललितपुरमा सञ्चारकर्मीसंगको अन्तर्क्रिया कार्यक्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानूनबिपरित भएको भन्दै त्यस्ता तत्वलाई कारवाही हुन नसक्दा मनोवदन बढ्दै गएको बताएका हुन् । उनले सुरक्षा अभावका कारण निर्वाचन बिथोलियो भन ग्राहय नहुने भएकाले सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको धारणा राखे । उनले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आग्रह गरिएको र सरकारले सोही अनुरुप मिति तय गरेको जिकिर गरे । एकै चरणमा निर्वाचन गर्दा व्यवस्थापनका साथै अन्य निर्वाचन खर्च पनि…

Read More

काठमाडौं । समाजवादी चिन्तक प्रदीप गिरिको पार्थिव शरीर पशुपतिनाथस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि आर्यघाटमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवं श्रद्धाञ्जली अर्पण गरे । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे । सो अवसरमा नेपाल प्रहरीको एक टुकडीले स्व गिरीप्रति सलामी अर्पण गरेको थियो । स्वर्गीय गिरीलाई उनका छोरा सन्तोष गिरीले दागबत्ती दिए। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ रहनु भएका सांसद गिरिको गएराति निधन भएको हो । गिरिको अन्त्यष्टिमा नेपाली कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, शुभेच्छुक र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो ।…

Read More

काठमाडौं । नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गर्दै तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले नेता गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । बैठकले ५, ६ र ७ भदौ तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक पार्टीका अरू सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको…

Read More

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारसँग बजेट मागेको छ । आयोगका अनुसार १० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरेको र बजेटका लागि शनिबार नै अर्थ मन्त्रालयमा पत्र पठाइएको छ । आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । चिन्तनशील राजनीतिकर्मी एवम् कांग्रेस नेता प्रदीप गिरिको निधनबाट आफू मर्माहत भएको ओलीले बताएका छन् । ओलीले गिरिप्रति श्रद्धाञ्जली दिँदै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।

Read More

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनबाट देशले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै राष्ट्रपति भण्डारीले समाजवादी चिन्तक एवं कांग्रेसका नेता गिरिको निधनको खबरले आफूलाई अत्यन्त दुखी बनाएको बताएकी हुन् । राष्ट्रपति भण्डारीले दिवंगत गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारमा गहिरो समवेदना समेत प्रकट गरेकी छन् । उनले लेखेकी छन्, ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका नेता, सांसद एवम् प्रखर वक्ता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा शनिबार राति ९ः२९ मा निधन भएको स्वकीय सचिव कृष्ण खनालले जानकारी दिए। घाँटीको क्यान्सरबाट पीडित गिरि तीन सातायता मेडिसिटी अस्पतालमा उपचाररत् थिए। परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।

Read More

झापा । अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशन शनिवारदेखि झापाको बिर्तामोडमा शुरु भएको छ । अधिवेशन शनिवार र आइतबार दुई दिनसम्म चल्नेछ । उक्त अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । तीन वर्षे कार्यकाल रहेको अनेम संघको अधिवेशन आठ वर्षपछि भएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष जसमाया गजमेरले बताइन् । सम्मेलनले १५१ सदस्यीय जिल्ला कमिटी गठन गर्ने र त्यसका लागि सर्वसम्मत प्रक्रिया अवलम्वन गरिने जनाइएको छ । अनेम संघकी केन्द्रीय सदस्य पवित्रा निरौलाले आगामी मंसिर ४ गतेको निर्वाचनलाई ध्यानमा राखेर एमालेको पक्षमा जनमत सिर्जना हुने गरी संगठन परिचालन गर्ने नीतिका…

Read More