काठमाडौँ । नेपाली कांग्रेसका नेता, सांसद एवम् प्रखर वक्ता प्रदीप गिरिको निधन भएको छ।
७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा शनिबार राति ९ः२९ मा निधन भएको स्वकीय सचिव कृष्ण खनालले जानकारी दिए।
घाँटीको क्यान्सरबाट पीडित गिरि तीन सातायता मेडिसिटी अस्पतालमा उपचाररत् थिए। परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।
Facebook Comments Box