Author: admin

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्ने बताएका छन्। शुक्रबारबाट ललितपुरको च्यासलस्थीत पार्टी कार्यालय सुरु एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले अस्तित्व नै मेटाउछौ भन्दै एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएर बिजयको सुनिश्चित गर्दै अघि बढ्ने दावी गरे । मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनलाई शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने उनले बताए । यसका लागि सरकारसंग वार्ता र कुराकानी तथा दवाव र निर्वाचनसंग सम्बन्धीत निकायसंग छलफल गर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले एमालेले गरेका काम र आगामी योजनाहरुका साथै देशलाई समृद्ध र सुखी नेपाली…

Read More

काठमाडौं । शुक्रबार देशभरी आंशिकदेखि सामान्य मौसम बदली रहने छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा शाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातमा भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

Read More

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरे एजेन्डामाथि छलफल गर्नेछ ।  यसअघि बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका ११ एजेन्डा तय गरेको छ ।  त्यस्तै संगठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेन्डा पनि तय गरेको छ । यी एजेन्डामाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ । साथै मनोनित केन्द्रीय सदस्यहरुले आजै शपथ लिने कार्यक्रम तय गरिएको छ । 

Read More

काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उम्मेद्वारको छनौटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेश गर्ने लगाएतका केन्द्रीय कमिटीका एजेण्डा तय गरिएको एमाले प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यस्तै संगठीत सदस्यहरुको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेश गर्ने लगाएतका एजेण्डा समेत तय भएको उनले बताए । बैठकमा अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनबारे जानकारी गराएका थिए भने १५ जना पोलिट्व्युरो सदस्यहरुले प्रतिवेदनमाथि धारणा राखेको गुरुङले जानकारी दिए । गुरुङले पार्टीको नीति सिद्धान्त र कार्यक्रममा प्रतिबद्धता रहेको, कुनै…

Read More

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिले आशंका पैदा भएको बताएका छन् । समाजवादी पार्टी पुनर्गठन दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले राष्ट्रपति भण्डारीको पछिल्लो गतिविधिका बारेमा गठबन्धन बैठकमा पनि छलफल भएको र कतै अनिष्ट त हुन लागेको होइन भन्ने प्रश्न उठेको बताएका हुन्। राष्ट्रपतिले पूर्वआर्मी चिफ बोलाएर भोजन दिने कामले शंका जन्माएको उनको भनाइ छ । उनले अहिले दरबारवाला, राजावादी शक्ति कति क्रियाशील छन् भन्नेमा हेरिरहेको जिकिर गरे। त्यस्तै अध्यक्ष नेपालले गठबन्धन बैठकमा यसअघिको स्थानीय चूनावमा आफ्नो पार्टीको मतलाई अवमुल्यन गर्न खोजिएको र आफुहरुको ध्यानाकर्षण गराएको जानकारी दिए । २७ प्रतिशत सिटमा…

Read More

नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले फेरि एकपटक वामपन्थी शक्तिहरु एक हुनुपर्ने बताएका छन्। बिहीबारदेखि सुरु भएको पोलिटव्युरो बैठकमा भूसालले पेश गरेको ४ पृष्ठ लामो नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय राजनीतिमा वाम वर्चस्वको पुनर्स्थापनाका लागि प्रस्तावमा उक्त कुरा उल्लेख गरेका छन्। उनले स्थानीय तहको चुनावी परिणामलाई गम्भीर रुपमा लिन पनि अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन्। प्रतिवेदनसहितः

Read More

काठमाडौँ। आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीले तय गर्ने उम्मेदवारको मापदण्ड लगायतका विषयमा छलफल गर्न एमालेको पोलिटब्युरो बैठक बसिरहेको छ। पार्टी कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन लगायतमा विषयमा ब्रिफिङ गरिरहेका छन्। आजको बैठकमा भोलिदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठकमा लैजाने प्रतिवेदनबारेसमेत छलफल हुनेछ।

Read More

काठमाडौं। सत्ता गठबन्धन दलका शीर्षनेताको आज बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोे बैठकले आजै अपराह्न ४ बजे बस्ने बैठकमा एक सय ६५ निर्वाचन क्षेत्रको तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। गठबन्धनका शीर्षनेताको बैठक आजै अपराह्न पुनः बस्नेछ । सत्ता गठबन्धन आबद्ध दलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको खाका बनाउन कार्यदल गठन गरेका थिए । कार्यदलको संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला छन्।

Read More

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले आज पार्टी पुनर्गठन दिवस मनाउँदैछ । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो । गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो । बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आज बिहीबार दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिएका थिए । उनले आफूहरूको पार्टी पुनर्गठनपछि पहिलो परिणाम प्रतिगमनकारी एमालेको…

Read More

काठमाडौँ । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक सुरु हुने कार्यदलका सदस्य हिमलाल पूरीले जानकारी दिएका छन्। कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला भने बैठकमा अनुपस्थित रहनेछन् । कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा अनुपस्थित हुने भएका हुन् । कार्यदलको बैठक बालुवाटारमा पटक-पटक बस्दै आए पनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन ।

Read More