काठमाडौँ। आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीले तय गर्ने उम्मेदवारको मापदण्ड लगायतका विषयमा छलफल गर्न एमालेको पोलिटब्युरो बैठक बसिरहेको छ।
पार्टी कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन लगायतमा विषयमा ब्रिफिङ गरिरहेका छन्।
आजको बैठकमा भोलिदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठकमा लैजाने प्रतिवेदनबारेसमेत छलफल हुनेछ।
Facebook Comments Box