Author: admin

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गरेका छन्। महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्रस्ताव आएको जिकिर गरेका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा प्रस्ताव लिएर आएको भन्दै कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले प्रस्ताव गरेको दाबी गरे। आफ्नो भनाइबारे उपाध्यायसँग थप बुझ्न पनि जबराले समितिलाई आग्रह गरे। समितिको बयानमा जबराले भने, “राजीनामा दिए हामी सहजीकरण गछौँ । फिर्ता लिन्छौँ । एक डेढ महिना तपाईं काम गर्नुस्, त्यसपछि दीपक…

Read More

कञ्चनपुर । सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेंगीको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेंगी सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका एक सय ७९ जनामा डेंगीको सङ्क्रमण पुष्टि भएको छ ।  उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेंगीका बिरामी देखापरेको छ । यसैगरी डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेंगी देखापरेको छ । “पहाडी क्षेत्रमा पहिला डेंगी, मलेरियालगायतका…

Read More

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरीको अस्वाभाविक रूपमा सरुवा गरेको छ । विगत ढेड सातामा नै हजारभन्दा बढी कर्मचारी र ३ हजार प्रहरी सरुवा गरिएको छ ।सरकारले निर्वाचनमा आफू अनुकूलका कर्मचारी आफ्नो अनुकूलका ठाउँमा पठाउने उद्देश्यले मापदण्डबिना अस्वाभाविक रूपमा कर्मचारीको सरुवा गरेको आरोप छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बिहीबार मात्रै अन्तरस्थानीय तहका ८ सयभन्दा बढी कर्मचारीको सरुवा गरेको थियो । सो मन्त्रालयले गरेको सरुवामा अत्याधिक विकृति देखिएको मन्त्रालयका कर्मचारीको गुनासो छ । ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोर्सफोर्स र आर्थिक चलखेलका आधारमा सरुवालाई तीव्रता दिँदै आएको छ,’…

Read More

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलले निर्वाचन आयोगमा उम्मेदवारको बन्द सूची पेस गर्दा कानुनअनुसार कम्तीमा १० प्रतिशत उम्मेदवारको सूची बुझाउनुपर्ने भएको छ । आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका र रुजुसूची सार्वजनिक गरेको हो । आयोगले समानुपातिक निर्वाचन कार्यक्रमअन्तर्गत असोज २ र ३ गते उम्मेदवारको बन्दसूची पेस गर्न समय तोकेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक निर्वाचन कार्यक्रममा सहभागी हुने दलले कम्तिमा १० प्रतिशत र बढीमा जति संख्या आवश्यक पर्छ त्यति नै उम्मेदवारको सूची बन्द सूचीमा बुझाउनुपर्ने जानकारी दिए । सो विषय निर्वाचन निर्देशिकामा…

Read More

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल भदौ मसान्तभित्रै सक्ने गरि सत्तापक्षले गृहकार्य अगाडि बढाएको छ। आइतबार ३५ वटा प्रश्नको जवाफ लिएको समितिले अब मंगलबार बाँकी प्रश्न सोधेर प्रतिवेदन तयार गर्न लाग्ने भएको छ। समितिले संसदको कार्यकलछँदै प्रस्तावलाई टुंगोमा पुर्याउन चाहेको छ। समितिको बैठक अब २८ गते बस्नेछ। उक्त दिन बाँकी रहेका ८प्रश्नमा बयान लिइनेछ।

Read More

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अल्मुताइरीले नेपाली फुटबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारीबाट आफू अलग भएको घोषणा गरेका हुन्। उनले आफूले ५२५ दिनसम्म नेपाली फुटबल टिमको प्रशिक्षक रहेको बताएका छन्। उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन्।

Read More

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व प्रधानन्यायाधीशहरूलाई मण्डलेको संज्ञा दिएका छन् । महाभियोग सिफारिस समितिले आइतबार लिएको बयानका क्रममा उनले पूर्व प्रधानन्यायाधीशहरूलाई मण्डलेको संज्ञा दिएका हुन् । पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबरालाई बहिर्गमनको बाटो रोज्न आग्रह गरेका थिए। बयानका क्रममा जबराले तिनै पूर्वप्रधानन्यायाधीशलाई मण्डले र पार्टीका कार्यकर्ता भएको आरोप लगाए। महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई भदौ २८ गते दिउँसो १ बजे बयानका लागि फेरि बोलाएको छ। आइतबार समितिले जबरासँग २४ वटा प्रश्न सोधेको छ। योसहित समितिले ३५ वटा प्रश्न सोधिसकेको छ। बयानका लागि ४३ वटा प्रश्न…

Read More

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको महाभियोग सिफारिस समितिको बैठकमा आइतबारको बयान सुरु भएको छ। समितिले केहीबेर अघिदेखि बयान लिन सुरु गरेको हो । कूल ४३ प्रश्नमध्ये अहिलेसम्म ११ प्रश्नको जवाफ राणाले दिइसकेका छन् । आइतबारको बैठक ३२ प्रश्न सोधिने जनाइएको छ । प्रतिनिधि सभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो। सत्तारुढ दलले २१ आरोपसहित राणाविरुद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए। राणामाथि मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिंग गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप लागेको छ ।

Read More

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान हुँदा केही तनावको स्थिति भएको छ। आइतबार बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो। नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको थियो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको छ। नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सोही ढुंगा टिपेर प्रहरीले पनि क्याम्पसभित्र रहेका नेविसंघलाई प्रहार गरेको थियो। स‌ंसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ।

Read More

झापा । मिर्गौलामा पथरी भएपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन् । शनिवार उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन् । उनको आज ११ बजे शल्यक्रिया हुने उनका परिवारका सदस्यले बताएका छन् । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

Read More