Author: admin
काठमाडौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् । नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारीसमेत गरेको छ । ‘प्रहरीलाई सुरक्षा व्यवस्थापनका लागि देशभर १४ सय सवारी चाहिएको छ तर ७५ करोड बजेट सुनिश्चित भएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले भने, ‘प्रतिसवारी ५० लाख नबढ्नेगरी खरिद गर्न भनिएकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका अघि बजेटले भ्याउनेगरी सवारीसाधन खरिद गर्न प्रक्रिया अघि बढेको छ ।’…
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश लहर देखेर अध्यक्ष केपी शर्मा ओली उत्साहित देखिएका छन् । विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्न थालेपछि आगामी निर्वाचनमा विपक्षी दलको गठबन्धन निर्माण गरेर सरकार सञ्चालन गर्नेमा अध्यक्ष ओली ढुक्क छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सहितका साना दलबाट नेता विद्रोह गर्दै एमालेमा प्रवेश गरिरहेका छन् । एमाले पोलिटब्युरो सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको लहर चलेको बताए । जिल्लादेखि केन्द्रीय कार्यालयसम्म दिनहुँ पार्टी…
काठमाडौं । काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ । विहीबार महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थीत जय नेपाल हलको कम्पाउन्ड टुकुचा खोला भेटिएको हो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हलक्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खननको माग गर्दै आएका थिए । टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर बिभिन्न स्थानमा खनेको थियो । जय नेपाल हलको कम्पाउन्डमा करिव १५ फिट खन्दा नै टुकुचाको वहाव भेटिएको थियो ।
कठमाडौं। नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारको निर्णयको स्वागत गरेको छ। कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति सार्वजनिक गर्दै पार्टीका नेतामाथि लागेका मुद्दा फिर्ता लिने निर्णयको स्वागत गरेका हुन्। ‘देउवा सरकारको यो निर्णयलाई नेपाल कम्युनिस्ट पार्टी स्वागत गर्दछु,’प्रकाण्डले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ,’प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुमन्त्री गोविन्द बन्दी कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खाती लगायत वार्ता प्रक्रियामा सहभागी सबैलाई पार्टी धन्यवाद ज्ञापन गर्दछ ।’ मन्त्रिपरिषद् बैठकबाट मुद्दा खारेजी र बन्दी नेता कार्यकर्ता रिहा गर्ने निर्णय भएपछि प्रकाण्डले धन्यवाद दिएका हुन्। भाद्र २७ गतेको मन्त्रिपरिषद्को बैठकले यसबीचका सहमति कार्यान्वयन गर्दै मुद्दा फिर्ता लिने निर्णय गरेको हो।यसअघिको सरकारसँग भएको…
काठमाडौं। भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय चुनावअघि नहुने भएको छ। बिहीबार नियमित पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भारतीय सेनामा गोर्खा सैनिकको भर्तीको विषय अहिलेलाई थाती राखिएको जानकारी दिइन्। यो विषय अलि पछि कुरा गर्ने गरि होल्डमा राखिएको छ। सम्भवतः नयाँ सरकारले के गर्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा अगाडि आउनेछ’, उनले भनिन्,‘नेपाल सरकारले यो विषयमा तत्काल छलफल अगाडि नढाउने कुरा भएको छ।’ उनले थाती राखेको विषय भएकाले कुनै निष्कर्षमा पुग्ने गरि छलफल गर्ने अवस्था नरहेको बताइन्। नेपाल सरकारको निर्णय भनेको नै आगामी निर्वाचित सरकारले गर्ने रहेको उनले बताइन्। ‘तत्काल यसबारे छलफल र वार्ता अघि…
बिर्तामोड । अपाङ्गता भएका व्यक्तिहरुकोे राजनीतिक अधिकार सुनिश्चित गर्दै निर्वाचनमा उनीहरुको सहभागिताका लागि झापाका राजनीतिक दलसहित सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । मंसिर ४ मा हुने निर्वाचनबाट प्रतिनिधि तथा प्रदेशसभामा अपाङगता भएकाहरुको सहभागिताका लागि दलका प्रमुख तथा प्रतिनिधिहरुले सो प्रतिवद्धता जनाएका हुन् । नेत्रहीन युवा संघ नेपालको आयोजना तथा संवाद समूह झापाको सहकार्यमा बिर्तामोडमा बिहीबार सम्पन्न कार्यक्रममा दलहरु प्रमुख तथा सरोकारवालाले समावेशी सिद्धान्तअन्तर्गत अपाङ्गता भएकाहरुको सहभागिता महत्वपूर्ण रहेको बताए । उनीहरुले आगामी निर्वाचनमा झापा जिल्लामा अपाङ्गतामैत्री संरचना निर्माणमा समेत प्रतिवद्धता जनाएका छन् । मतदानमा अपाङ्गता भएकाहरुको पूर्ण सहभागिताका लागि मतदान स्थल तथा केन्द्रहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिइयो । कार्यक्रममा नेत्रहीन युवा…
काठमाडौं । महाअभियोग सिफारिस समितिले लिएको बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आरोप लगाएका व्यक्तिहरु आफ्ना कुरा राख्न समितिमा उपस्थित भएका छन्। समितिले पठाएको पत्रका आधारमा उनीहरु आएका हुन्। सिंहदरबारमा जारी बैठकमा समितिले उनीहरुसँग बयान लिइरहेको छ। बैठकमा नेपाल बार एशोसियशनका पूर्वअध्यक्षहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, सर्वोच्च बारको अध्यक्ष पूर्णमान शाक्य, बारको पूर्वमहासचिव लिलामणी पौडेल, वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, रमण श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, अञ्जिता खनाल, ओमप्रकाश अर्याल, गोपालप्रकाश अर्याल र गोपालकृष्ण घिमिरे उपस्थित भएका छन् ।
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधसभा बैठकमा शेरबहादुर देउवाको तर्फबाट ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन’ पेश गर्ने एकमात्र कार्यसूची छ। राष्ट्रियसभा बैठकमा भने केही विधेयक छलफल तथा पारितका लागि पेश गरिँदैछ। दिउँसो ३ बजे बस्ने बैठकमा सभका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिभिसभाबाट…
काठमाडौँ । काठमाडौँको असोज १ गतेबाट सार्वजनिक स्थानमा धूमपान गर्न नपाइने भएको छ । काठमाडौँ महानगरपालिका, नगरसभाको ११ औं अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । सूचनाः
काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री र सरकारका मन्त्रीलाई निर्वाचनको प्रचारप्रसारमा सहजता हुनेगरी निर्वाचन आचार संहिता २०७९ मा लचक हुने संकेत गरेको छ । आयोगले १३ भदौमा सार्वजनिक गरेको निर्वाचन आचार संहिता २०७९ मा सरकारका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा आफ्नो क्षेत्रबाहेक अन्यत्र जान रोक लगाएको थियो । तर, राजनीतिक दलहरूको तीव्र विरोध र असन्तुष्टिपछि आयोग सो निर्णमा लचक देखिएको हो । आयोगले बुधबार १२ राजनीतिक दललाई बोलाएर आगामी ४ मंसिरमा हुने निर्वाचनबारे छलफल गरेपछि आयोगले पूर्वनिर्णयमा केही लचक हुने संकेत दललाई दिएको हो । ‘दलहरूले निर्वाचन आचार संहितासहितका विषयमा आआफ्नो धारणा राखेका छन्, आचार संहिताका विषयमा अलि खुकुलो व्यवस्था…