काठमाडौं । महाअभियोग सिफारिस समितिले लिएको बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आरोप लगाएका व्यक्तिहरु आफ्ना कुरा राख्न समितिमा उपस्थित भएका छन्।
समितिले पठाएको पत्रका आधारमा उनीहरु आएका हुन्। सिंहदरबारमा जारी बैठकमा समितिले उनीहरुसँग बयान लिइरहेको छ।
बैठकमा नेपाल बार एशोसियशनका पूर्वअध्यक्षहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, सर्वोच्च बारको अध्यक्ष पूर्णमान शाक्य, बारको पूर्वमहासचिव लिलामणी पौडेल, वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, रमण श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, अञ्जिता खनाल, ओमप्रकाश अर्याल, गोपालप्रकाश अर्याल र गोपालकृष्ण घिमिरे उपस्थित भएका छन् ।
Facebook Comments Box