Author: admin
काठमाडौं । दशैंको मुखमा नेपालीको भान्सा महँगिने भएको छ । भारतले चामल धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो । भारतले शुक्रबारलेखि लागू हुने गरि चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ । यस वर्ष भारतमा धान उत्पादन कम हुने आँकलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ । कर लगाउँदा २५ प्रतिशत निर्यात घट्ने र आन्तरिक मागलाई सन्तुलन राख्न सहयोग पुग्ने भारतको निष्कर्ष छ । धानको उत्पादन उच्च हुने पश्चिम बंगाल, उत्तर प्रदेश र विहारलगायतका राज्यमा कम वर्षा भएका कारण धानबालीको उत्पादन घट्ने तथा रुस…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिहरू नेकपा एमालेका पछि लागेको बताएका छन् । विदेशी शक्तिहरू आगामी चुनावमा नेकपा एमालेलाई हराउन पछि लागेको बताएका हुन्। राप्रपा नेपालले शनिवार हेटौँडामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो भू–भाग समेटेर चुच्चे नक्सा निकालेपछि रुष्ट भएको विदेशी शक्तिले एमाले सरकार ढालेको बताए। कार्यकर्ता भेलामा एमालेको प्रशंसा गर्दै थापाले राष्ट्रवादी छवि बनाएको एमालेलाई पराजित गर्न ती बाहिरी शक्ति मिलेर मिलेर गठबन्धन निर्माण गरेको दाबी गरे ।
झापा । राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु आठ करोड ६५ लाख १५ हजार राजस्व संकलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । सो अवधिमा ११ हजार सात सय ४६ राहदानी बनाएको न्यौपानेले बताए । आव २०७७/७८ मा छ हजार एक सय ८८ राहदानी बनाइएको थियो । जसबाट राजस्व रु तीन करोड ३५ लाख ३६ हजार, आव २०७६/७७ मा रु तीन करोड ८९ लाख ८५ हजार राजस्व संकलन भएको थियो । कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् । शनिबार काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर प्रधानमन्त्री देउवाले बेलायतकी महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गरेका हुन् । उनले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देशसमेत लेखेका छन् । महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति निधन भएको थियो । उनकाे निधनमा नेपाल सरकारले आजदेखि तीन दिनसम्म शोक मनाउने र नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नियाेगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै खहरे खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौं । निर्वाचन आयोगले आजबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना आयोगले बनाएको छ । चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक तर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिक तर्फको…
काठमाडौं । सरकारले बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ । महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको भूमी व्यवस्थामन्त्री शशी श्रेष्ठले जानकारी दिइन्।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिको अर्थ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी छिन् । किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा शुक्रबार काठमाडौंमा आयोजित दुईदिने किताब जात्रा शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र नभइ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी हुन् । उनले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्याउनुपर्नेमा जोड दिइन् । यसका लागि कारागार र सार्वजनिक स्थललगायत ठाउँमा प्रविधिमैत्री पुस्तकालय बनाउनुपर्ने उनले बताइन् । त्यस्तै उनले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने र जीवनका विभिन्न आयामबाट पनि अध्ययन हुने बताइन् । कार्यक्रममा यस वर्षको प्रेम साहित्य सम्मान आख्यानकार गौतमलाई प्रदान गरिएको थियो…
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको व्यापार घाटा न्युनिकरण गर्न राज्यका बिभिन्न तहमा बसेका व्यक्तिहरु गम्भीर हुन नसकेको बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको चौथो बैठकलाई सम्बोधन गर्दै नेता खनालले पेट्रोलियम पदार्थको उपभोगलाई व्यापक कटौती गरे मुलुकको व्यापार घाटा निकै घटाउनुपर्ने भएपनि राज्यको ध्यान जान नसकेको बताए । उनले धेरै कमिशन खोज्ने व्यक्तिहरु नै सरकारमा पुग्ने गरेकाले मुलुकको बिकास रोकिएको र मुलुकलाई आत्मनिर्भर तर्फ पुराउने काम अवरुद्ध भएको बताए । आफ्नो मात्र लाभ खोज्ने नेताहरु धेरै भएका कारण पनि समस्या सिर्जना भएको उनको भनाइ छ । उनले नेपाली अर्थतन्त्र पर्यटन बेस अर्थतन्त्र बिकास…
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमार र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा बिहीबार नियुक्त गरेकी छिन्। नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।