काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर प्रधानमन्त्री देउवाले बेलायतकी महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देशसमेत लेखेका छन् । महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति निधन भएको थियो ।
उनकाे निधनमा नेपाल सरकारले आजदेखि तीन दिनसम्म शोक मनाउने र नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नियाेगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
Facebook Comments Box