काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिहरू नेकपा एमालेका पछि लागेको बताएका छन् ।
विदेशी शक्तिहरू आगामी चुनावमा नेकपा एमालेलाई हराउन पछि लागेको बताएका हुन्।
राप्रपा नेपालले शनिवार हेटौँडामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो भू–भाग समेटेर चुच्चे नक्सा निकालेपछि रुष्ट भएको विदेशी शक्तिले एमाले सरकार ढालेको बताए।
कार्यकर्ता भेलामा एमालेको प्रशंसा गर्दै थापाले राष्ट्रवादी छवि बनाएको एमालेलाई पराजित गर्न ती बाहिरी शक्ति मिलेर मिलेर गठबन्धन निर्माण गरेको दाबी गरे ।
Facebook Comments Box