Author: admin

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता असोज ११ गतेदेखि लगाउने तयारी गरेको छ । निवार्चन आयोगले तयार पारेको आचारसंहितामा प्रतिवद्धता व्यक्त गर्न आयोगले राजनीतिक दलका नेतृत्वलाई आयोगमा बोलाएर हस्ताक्षर गर्न लगाउने भएको छ । दलका नेताहरू आइतबार आयोग गएर आचारसंहितामा हस्ताक्षर गर्ने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसमेत हस्ताक्षरका लागि आयोग जाने भएका छन् ।

Read More

काठमाडौं । सशस्त्र प्रहरीले ठूलो संख्यामा निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ। लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो। ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो ।

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना र सञ्चारका क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखापरेको सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीको विषय भएको बताएकी छिन् । प्रेस काउन्सिल नेपालको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी चुनौतीका रूपमा रहेको सञ्चारका अनलाइन माध्यमलाई बढी मर्यादित र प्रभावकारी बनाउनका लागि काउन्सिलले अनलाइन सञ्चालन गर्नुअघि अनिवार्य अभिमुखीकरणको व्यवस्था गरेकामा खुसी व्यक्त गरिन् । राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त समरोहमा उनले पत्रकारिताको पेशागत आचरण कायम राखी स्वच्छ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल स्थापना गरिएको स्मरण गर्दै त्यसका लागि उक्त संस्थाले निरन्तर भूमिका खेलिरहने पनि बताइन्…

Read More

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन्। खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन्। यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर कुरा गरेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए।

Read More

काठमाडौं । काठमाडौंको कपनमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। बुधबार बेलुकी पौने ७ बजे कपनको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा हालसम्म तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । स्थानीय टंक घिसिङको घरमा अचानक आगो भएको हो । घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलेको छैन। उनीहरूलाई टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ । घाइते एक जनालाई उपचारका लागि लगिएको बताइएको छ । दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

Read More

काठमाडौं । निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा मतदान गर्ने प्रयोजनका लागि आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्न लागेको हो । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार यस्ता मतदाताले प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् । थुनुवा/कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट स्वीकृत लिइ सञ्चालन भएको बृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल तमु संघ(समाजवादी)को प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै खनालले संवैधानिक राष्ट्रपतिले संसद र मन्त्रीपरिषद्ले गर्ने निर्णयलाई प्रमाणीकरण गर्न बाध्य हुने व्यवस्था रहेको भन्दै संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका हुन् । नागरिकता सम्बन्धी व्यवस्थामा व्यक्तिले भिन्न मत राख्न सक्ने भएपनि राष्ट्रपतिले भिन्न मत राख्न नमिल्ने भन्दै उनले प्रमाणीकरण गर्नुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था रहेको बताए । उनले आफ्नै देशको राष्ट्रपतिबिरुद्ध असंवैधानिक काम गर्यो भन्ने बोल्न बाध्य भएको बताए । यसअघि पनि केपी ओलीको गुटले गरेको…

Read More

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञप्तिमार्फत असन्तुष्टि जनाएका छन्। उनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गरेका छन्। उपराष्ट्रपति पुनले बुधबार विज्ञप्ति जारी गर्दै संविधानको पालना र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको स्मरण गराएका हुन्। संविधानको प्रमुख पालक र संरक्षकबाट संविधानको पालन र संरक्षण हुन नसकेको भनी आवाज उठ्नु दुःखद भएको उनको भनाइ छ। ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो। संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालना र संरक्षण हुनुपर्दछ’, उपराष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाटै संविधानको पालना…

Read More

काठमाडौं । सत्तागठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संघीय संसदमा दोस्रो पटक पेश भएर पारित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुनु असंवैधानिक भएको निष्कर्ष  गठबन्धन बैठकले निकालेको हो । राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाबाट दोस्रो पटक पेश भएको नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण नगरेपछि गठबन्धन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मंगलबार रातिसम्म प्रमाणीकरण हुनुपर्ने थियो। तर, राष्ट्रपतिले प्रमाणीकरणका लागि अस्वीकार गरेपछि संवैधानिक जटिलता उत्पन्न भएको छ।

Read More

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलले प्रभावशाली नेता, पटकपटक सांसद–मन्त्री भएका नेतालाई नै ‘समानुपातिक उम्मेदवार’को बन्द सूचीमा राखेपछि आलोचना तीव्र बनेको हो । प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० सिटका लागि राजनीतिक दलले उम्मेदवार सूची सोमबार नै आयोगमा बुझाएका छन् । सूचीमा परेकाको विवरण जाँच कार्य भइरहेको छ । सूची सच्याउन आयोगले १६ असोजसम्मको समय दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी…

Read More