नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन्।
खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन्।
यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर कुरा गरेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए।
Facebook Comments Box